तेह्रौँ साग : अग्रिम टिकट बिक्री आजदेखि

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
३७ पटक हेरिएको
Shares
तेह्रौँ साग : अग्रिम टिकट बिक्री आजदेखि

सारांश

  • पोखरा।
  • तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) हेर्न दर्शकका लागिआजदेखि टिकट बिक्री शुरु गरिने भएको छ।
  • मङ्सिर १५ गतेदेखि यहाँ हुने सागका विभिन्न खेलका लागि स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले टिकट बिक्री गर्न लागेको हो।

पोखरा। तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) हेर्न दर्शकका लागिआजदेखि टिकट बिक्री शुरु गरिने भएको छ। मङ्सिर १५ गतेदेखि यहाँ हुने सागका विभिन्न खेलका लागि स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले टिकट बिक्री गर्न लागेको हो।

सागमा कास्कीको पोखरामा आठ खेल हुँदैछन्। टिकट व्यवस्थापनको जिम्मा स्रोतसाधन परिचालन समितिले लिएको छ। साधारणतर्फ रु १०० र सिजनलतर्फ रु ५०० टिकट दर कायम गरिएको समितिका संयोजक सञ्जीवबहादुर कोइरालाले जानकारी दिए। यसैगरी बिच भलिबलको टिकट दर रु २०० तय गरिएको छ। पोखराको विभिन्न ठाउँको चोकमा १४ टिकट बिक्री कक्ष राखिएको छ।

पोखरामा हुने विभिन्न आठ खेलका लागि ८४० खेलाडी तथा अफिसियल पोखरा आउँदैछन्। पोखरामा महिला फुटबल र क्रिकेट, बीच भलिबल, भारोत्तोलन, ह्याण्डबल, ट्रायथलन, आर्चरी र ब्याडमिन्टन खेल हुनेछ। नेपालले स्वर्ण आश गरेको प्याराग्लाइडिङ भने नहुने भएको छ। पोखरास्थित रङ्गशालामा फुटबल, क्रिकेट, ब्याडमिन्टन, ह्याण्डबल र धनुकाण खेल हुनेछन् भने भारोत्तोलन पोखरा–१२ माटेपानीमा तथा ट्रायथलन र बिच भलिबल लेकसाइडमा हुने साग खेल प्रचारप्रसार समितिका संयोजक केशव पाठकले जानकारी दिए।

ट्रायथलनको तयारी अन्तिम चरणमा

तेह्रौँ सागअन्तर्गत पोखरामा हुने ट्रायथलन खेलको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर १६, १७ र १८ गते हुने ट्रायथलनका लागि पूर्वाधार निर्माण भइसकेको र आवश्यक सामग्री सबै खेलस्थलमा पुगिसकेको जिल्ला ट्रायथलन सङ्घका सचिव प्रकाश बरालले जानकारी दिए। फेवातालमा पौडीका लागि प्लाष्टिकका ब्लक हाल्ने काम सकिएको छ। यहाँ पुरुष र महिला पौडी, २० किलोमिटरको साइक्लिङ र पाँच किलिमिटरको दौड हुनेछ। प्रतियोगितामा पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य पदकका लागि प्रतिस्पर्धा हुने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुटुक्क छाडिए ‘सामूहिक बलात्कार’ मा संलग्न मुख्य आरोपी
गण्डकी प्रदेश सरकारको वर्षदिन: कानून निर्माणमा उपलव्धि
गण्डकी प्रदेश सरकारको वर्षदिन: कानून निर्माणमा उपलव्धि
रौतहट हिँडे डाक्टर केसी, मुसहरको उपचार गर्ने
रौतहट हिँडे डाक्टर केसी, मुसहरको उपचार गर्ने
सङ्घीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन
सङ्घीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन
देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, चिकित्सा विधेयक फिर्ता हुने
देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, चिकित्सा विधेयक फिर्ता हुने
साउन २१ गते मंगलबारको राशिफल यस्तो छ
ट्रम्पसँग असहमत हुँदै अमेरिकी रक्षामन्त्रीद्वारा राजीनामा
ट्रम्पसँग असहमत हुँदै अमेरिकी रक्षामन्त्रीद्वारा राजीनामा
​ प्रधानमन्त्री ओलीको महत्वपूर्ण सफलता, राजश्व छल्नेहरुविरुद्ध आक्रामक कारबाही
​ प्रधानमन्त्री ओलीको महत्वपूर्ण सफलता, राजश्व छल्नेहरुविरुद्ध आक्रामक कारबाही
रियल मड्रिड छाडेको १० वर्षपछि आर्जेन रोबेनले खुलाए मड्रिड छोड्नुको कारण
रियल मड्रिड छाडेको १० वर्षपछि आर्जेन रोबेनले खुलाए मड्रिड छोड्नुको कारण
भारतीय विदेशमन्त्री जयशंकर अगष्टमा नेपाल आउँदै
भारतीय विदेशमन्त्री जयशंकर अगष्टमा नेपाल आउँदै