“तोकिएकै मितिमा सेना लगाएर भए पनि मधेशमा चुनाव गराउँछु” झुठो साबित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १, २०७४
|
|
५९१ पटक हेरिएको
Shares
“तोकिएकै मितिमा सेना लगाएर भए पनि मधेशमा चुनाव गराउँछु” झुठो साबित

सारांश

  • “तोकिएकै मितिमा सेना लगाएर भए पनि मधेशमा चुनाव गराउँछु” भनी प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको नाममा केही संचारमाध्यमबाट प्रकाशित सनसनीखेज समाचारप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
  • सो समाचार कपोलकल्पित, भ्रामक र सम्बन्धित व्यक्तिकै जानकारी बेगरको भनी प्रमुख निर्वाचन आयुक्तले आश्चर्यसहित गम्भीर आपत्ति प्रकट गरेका हुन्  ।
  • १९ वर्षपछि जनताले संघीय संरचनाअन्तर्गत पहिलोचोटी आफ्नो मताधिकार प्रयोग गर्न र स्थानीय सरकार छान्न गइरहेको यस ऐतिहासिक घडीमा समाचारको सत्यता, विषयवस्तुको गाम्भीर्यताप्रति पूर्ण सजग र अझ बढी सचेत रहँदै आफ्ना सूचना सामग्री पत्रकार आचारसंहिताको परिधिभित्रै रहेर सम्प्रेषण गर्नहुन सम्पूर्ण सञ्चारमाध्यम तथा सञ्चारकर्मीसमक्ष हार्दिक आह्वान गरि प्रेस बिज्ञप्ति द्वारा सचेत गराएका छन् ।

“तोकिएकै मितिमा सेना लगाएर भए पनि मधेशमा चुनाव गराउँछु” भनी प्रमुख निर्वाचन आयुक्त
अयोधीप्रसाद यादवको नाममा केही संचारमाध्यमबाट प्रकाशित सनसनीखेज समाचारप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

सो समाचार कपोलकल्पित, भ्रामक र सम्बन्धित व्यक्तिकै जानकारी बेगरको भनी प्रमुख निर्वाचन आयुक्तले आश्चर्यसहित गम्भीर आपत्ति प्रकट गरेका हुन्  ।

१९ वर्षपछि जनताले संघीय संरचनाअन्तर्गत पहिलोचोटी आफ्नो मताधिकार प्रयोग गर्न र स्थानीय सरकार छान्न गइरहेको यस ऐतिहासिक घडीमा समाचारको सत्यता, विषयवस्तुको गाम्भीर्यताप्रति पूर्ण सजग र अझ बढी सचेत रहँदै आफ्ना सूचना सामग्री पत्रकार आचारसंहिताको परिधिभित्रै रहेर सम्प्रेषण गर्नहुन सम्पूर्ण सञ्चारमाध्यम तथा सञ्चारकर्मीसमक्ष हार्दिक आह्वान गरि प्रेस बिज्ञप्ति द्वारा सचेत गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?