देउवा–पौडेल छलफलमा जुट्यो सहमति

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र २३, २०७५
|
|
५५ पटक हेरिएको
Shares
देउवा–पौडेल छलफलमा जुट्यो सहमति

सारांश

  • काठमाडौं ।
  • पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्य सम्पादन गठनका विषयमा सहमति जुटेको छ ।
  • देउवा निवास बुढानिलकण्ठमा शुक्रबार भएको छलफलमा सहमति जुटेको काँग्रेस स्रोतले जनाएको छ ।

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्य सम्पादन गठनका विषयमा सहमति जुटेको छ । देउवा निवास बुढानिलकण्ठमा शुक्रबार भएको छलफलमा सहमति जुटेको काँग्रेस स्रोतले जनाएको छ ।

स्रोतका अनुसार देउवा र पौडेलबीच शनिबारको केन्द्रीय समिति बैठकमा कार्यसम्पादन समिति गठन गर्ने सहमति जुटेको छ । सहमतिअुसार २९ सदस्यीय कार्यसम्पादन समिति गठन गरिने भएको छ ।

कार्यसम्पादन समितिमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री द्वोय डा. सशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा. प्रकाशशरण महत स्वतः हुनेछन् भने बाँकी २२ जनामा भागबण्डा गरिने भएको छ ।

स्रोतका अनुसार समितिमा ८ जना पौडेल पक्षबाट समावेस गरिने छ भने सिटौलालाई पनि कार्य सम्पादान समितिमा समावेस गरिने छ । यस्तै देउवा पक्षबाट बाँकी १३ जना केन्द्रीय सदस्यलाई कार्य सम्पादन समितिमा राखिने छ । पार्टी एकीकरण गरेर आएका विजयकुमार गच्छेदार देउवा कोटाबाट  १३ जना भित्र पर्ने छन् ।

यसअघि पनि कार्य सम्पादन समिति गठन गरिएको थियो । तर, पार्टी विधान विपरित भन्दै त्यसलाई विघटन गरिएको थियो । कार्य सम्पादन समितिमा देउवा र पौडेलबीच सहमति जुटेकाले शनिबारको बैठकमा पार्टी संसदीय समिति गठनका विषयमा पनि छलफल गरिने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पार्टीका तर्फबाट संसदीय निर्वाचन र प्रदेशसभा निर्वाचनमा टिकट बाँड्ने समिति भएकाले काँग्रेस संसदीय समिति सबैभन्दा आकर्षक मानिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी
अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी
शृंखलालाई अरु देशबाट पनि मिल्यो साथ !(भिडियो)
शृंखलालाई अरु देशबाट पनि मिल्यो साथ !(भिडियो)
सितगगा नगरपालिका अर्घाखाँचीमा कांग्रेस पछ्छाउँदै एमाले
सितगगा नगरपालिका अर्घाखाँचीमा कांग्रेस पछ्छाउँदै एमाले
विद्यालयमा हडताल गरे पचास हजार जरिवाना
विद्यालयमा हडताल गरे पचास हजार जरिवाना
विश्वकै धनी व्यक्ति बिल गेट्सलाई पछि पारे जेफ बेजोसले
विश्वकै धनी व्यक्ति बिल गेट्सलाई पछि पारे जेफ बेजोसले
भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलको शपथग्रहण आजै
भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलको शपथग्रहण आजै
राष्ट्रकवि घिमिरेद्वारा मतदान
राष्ट्रकवि घिमिरेद्वारा मतदान
काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता
काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता
गायक मौसम गुरुङ र रेजिना परियारको आवाजमा ‘थोरै माया’ (भिडियाे सहित)
गायक मौसम गुरुङ र रेजिना परियारको आवाजमा ‘थोरै माया’ (भिडियाे सहित)
क्याम्पस प्रमुखसहित ५ जनालाइ कार्यकक्षमै थुने पछि…
क्याम्पस प्रमुखसहित ५ जनालाइ कार्यकक्षमै थुने पछि…

तपाईंले छुटाउनुभयो कि?