देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष १८, २०७६
|
|
६४ पटक हेरिएको
Shares
देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

सारांश

  • काठमाडौं।
  • पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

काठमाडौं। पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। “वर्षा लगातार नभई केही समय रोकिँदै फेरी शुरु हुने छ”, मौसमविद् मानन्धरले भनिन्।

राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।

भोलि देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडका केही स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश आन्दोलनको भिडियो देखाउन खोज्दा रौतहटमा फोरम र सुरक्षाकर्मीबीच झडप, चार घाइते, दुईको अवस्था गम्भीर
पत्रकार महासंघ र नेपाल एफएम व्यवस्थापनबीच ४ बुँदे सहमति
पत्रकार महासंघ र नेपाल एफएम व्यवस्थापनबीच ४ बुँदे सहमति
आफ्नै छोरीलाई बलात्कार गर्न खोज्दा नसकेपछि मारिदिए, लाश २ टुक्रा पारेर फाले
आफ्नै छोरीलाई बलात्कार गर्न खोज्दा नसकेपछि मारिदिए, लाश २ टुक्रा पारेर फाले
एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक आज
विश्लेषक डा. सुरेन्द्र केसीलाई करिष्मा मानन्धरको कडा चेतावनी
विश्लेषक डा. सुरेन्द्र केसीलाई करिष्मा मानन्धरको कडा चेतावनी
सेक्स गर्न खासै ठूलाे ठाउँ चाहिँदैन… बच्चा जन्माउन अपिल गर्दै मन्त्रीले भनिन्
सेक्स गर्न खासै ठूलाे ठाउँ चाहिँदैन… बच्चा जन्माउन अपिल गर्दै मन्त्रीले भनिन्
विवेकशील साझाले बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गर्‍यो
विवेकशील साझाले बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गर्‍यो
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकका राष्ट्रपतिबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकका राष्ट्रपतिबीच भेटवार्ता
जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह , मृत्यु हुनेको संख्या ९ पुग्यो
जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह , मृत्यु हुनेको संख्या ९ पुग्यो
महिला दिवस : व्यवहारमा लैंगिक समानताको खाँचो छ -सभामुख महरा
महिला दिवस : व्यवहारमा लैंगिक समानताको खाँचो छ -सभामुख महरा

तपाईंले छुटाउनुभयो कि?