दोलालघाटमा बृहत् पर्यटन मेला हुँदै।

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र १४, २०७५
|
|
४७ पटक हेरिएको
Shares
दोलालघाटमा बृहत् पर्यटन मेला हुँदै।

सारांश

  • काभ्रेको दोलालघाटमा दोलालघाट महोत्सव ३,दोलालघाट भुम्लु बृहत् पर्यटन मेला २०७६ हुने भएको छ ।
  • नयाँ वर्षको अवसरमा स्थानिय कला सँस्कृति तथा पर्यटन प्रबद्र्धन केन्द्रित महोत्सव मेला हुन लागेको सोमबार बनेपामा पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।
  • दोलालघाट पर्यटन प्रबद्र्धन तथा सामाजिक बिकास केन्द्र र दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवको संयुक्त आयोजनामा महोत्सव मेला चैत २६ देखी ०७६ बैशाख ४ गतेसम्म हुनेछ ।

काभ्रेको दोलालघाटमा दोलालघाट महोत्सव ३,दोलालघाट भुम्लु बृहत् पर्यटन मेला २०७६ हुने भएको छ । नयाँ वर्षको अवसरमा स्थानिय कला सँस्कृति तथा पर्यटन प्रबद्र्धन केन्द्रित महोत्सव मेला हुन लागेको सोमबार बनेपामा पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो । दोलालघाट पर्यटन प्रबद्र्धन तथा सामाजिक बिकास केन्द्र र दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवको संयुक्त आयोजनामा महोत्सव मेला चैत २६ देखी ०७६ बैशाख ४ गतेसम्म हुनेछ । महोत्सव मुख्यत : कृषि,व्यापार एवम् आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने उद्धेश्यलेनै गर्न लागेको दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवका अध्यक्ष अष्ट बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

दोलालघाट पर्यटन प्रबद्र्धन तथा सामाजिक बिकास केन्दका अध्यक्ष रमेश लामा दोङका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाद्धारा उद्घाटन हुने महोत्सव मेलामा साँस्कृतिक कार्यक्रम,उद्योग व्याापारका स्टलहरु,बाल उद्यान रमाईलो मेला,चमेना गृह,र्याफ्टीङ,स्वास्थ्य शिविर,स्थानिय पर्यटकिय क्षेत्रको प्रचारप्रसार तथा धार्मिक स्थलहरुको अवलोकन,कृषि प्रदर्शनी,सर्कस,न्यू ईयर ईभ तथा डिजे पार्टि,नाईट क्याम्प,सम्मान कार्यक्रम लगायत हुनेछन् । सुनकोशीको माछा,मौलिक नेवारी परिकारले स्वागत गरिनुका साथै फुटबल तथा नृत्य प्रतियोगिता पनि आयोजना गर्ने यसमा स्थानिय प्रतिभाको प्रस्फुटन र बिकासका लागि स्थानियलाई मात्रै समावेश गरिने दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवका अध्यक्ष श्रेष्ठले स्पष्ट पार्नुभयो । महोत्सव मेलाको आवश्यक तयारी थालिसकेको उहाँले बताउनुभयो । यो महोत्सव मेलाबाट काभ्रेका साथै सिन्धुपाल्चोकले समेत लाभ लिन सकिने दोलालघाट पर्यटन प्रबद्र्धन तथा सामाजिक बिकास केन्दका अध्यक्ष दोङको भनाई छ । मेलाको करिब १ लाखले अवलोकन गर्ने अपेक्षा लिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
सिद्धबाबा कारागार चलान
सिद्धबाबा कारागार चलान
पूर्व लडाकुले किन गरे गृहमन्त्रीकै सामु आत्महत्याको प्रयास !
पूर्व लडाकुले किन गरे गृहमन्त्रीकै सामु आत्महत्याको प्रयास !
प्रदेशमा सात मन्त्रालयको प्रस्ताव , प्रदेश प्रमुखको मापदण्ड पनि तयार,के छ मापदण्ड ?
प्रदेशमा सात मन्त्रालयको प्रस्ताव , प्रदेश प्रमुखको मापदण्ड पनि तयार,के छ मापदण्ड ?
खोजी, उद्धार र राहतका लागि रकम अभाव छैन : मन्त्री श्रेष्ठ
खोजी, उद्धार र राहतका लागि रकम अभाव छैन : मन्त्री श्रेष्ठ
हङकङ अदालतद्वारा मिडिया टाइकुन लाइबिरूद्धकाे देशद्राेहकाे मुद्दा खारेज गर्न अस्वीकार
हङकङ अदालतद्वारा मिडिया टाइकुन लाइबिरूद्धकाे देशद्राेहकाे मुद्दा खारेज गर्न अस्वीकार
दुई मतान्तरले घरपझोङमा गठबन्धन विजयी
दुई मतान्तरले घरपझोङमा गठबन्धन विजयी
भारतीय प्रधानमन्त्री मोदीले मजदूरको खुट्टा मिचिमिची धोइदिएपछि…
भारतीय प्रधानमन्त्री मोदीले मजदूरको खुट्टा मिचिमिची धोइदिएपछि…
आज सुनको मुल्य १ सयले बढ्यो
आज सुनको मुल्य १ सयले बढ्यो
सिरहामा ६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता
सिरहामा ६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता

तपाईंले छुटाउनुभयो कि?