आइतबारको बिदा हटाउने सरकारको निर्णय, असार १ गतेदेखि लागू हुने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ २४, २०७९
|
|
४० पटक हेरिएको
Shares
आइतबारको बिदा हटाउने सरकारको निर्णय, असार १ गतेदेखि लागू हुने

सारांश

  • काठमाडौं।
  • सरकार आइतबार बिदा दिने निर्णयबाट पछि हटेको छ ।
  • सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन विदा दिने यसअघिको निर्णय खारेज गर्दै आइतबार बिदा नदिने निर्णय गरेको हो ।

काठमाडौं। सरकार आइतबार बिदा दिने निर्णयबाट पछि हटेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन विदा दिने यसअघिको निर्णय खारेज गर्दै आइतबार बिदा नदिने निर्णय गरेको हो ।

उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने छ । यसअघि वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै सातामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो ।

परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय पनि बढाएको थियो । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको थियो ।

तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको थियो । यसैबीच सातामा दुई दिन बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर : पछिल्लो मत परिणाम, रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम
भरतपुर : पछिल्लो मत परिणाम, रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम
दसैँको छुट बजारमा यसरी मच्चाइन्छ लुट
दसैँको छुट बजारमा यसरी मच्चाइन्छ लुट
तत्कालीन अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई प्रतिवेदन बुझाउने तयारी
तत्कालीन अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई प्रतिवेदन बुझाउने तयारी
फ्रिज रकम हात पार्ने अजय सुमार्गीको प्रयासमा धक्का
फ्रिज रकम हात पार्ने अजय सुमार्गीको प्रयासमा धक्का
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
यस्तो छ मन्त्रिपरिषदको निर्णय
यस्तो छ मन्त्रिपरिषदको निर्णय
रेखाले अब हल्का माया लाउँदै नलाउने, मालिकामा माया गाढा लगाउने
रेखाले अब हल्का माया लाउँदै नलाउने, मालिकामा माया गाढा लगाउने
कांग्रेस सुदृढीकरण नाममा दुई गुटको भिन्न अभियान
जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न कोप२८ मस्यौदाको आह्वान
जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न कोप२८ मस्यौदाको आह्वान
जेलबाट भागेका कैदीले राजमार्गमा पुगेर पुलिसकै गाडीमा लिफ्ट मागेपछि…
जेलबाट भागेका कैदीले राजमार्गमा पुगेर पुलिसकै गाडीमा लिफ्ट मागेपछि…