प्रदेशको केन्द्र दाङ बन्छ : प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २०, २०७६
|
|
५७ पटक हेरिएको
Shares
प्रदेशको केन्द्र दाङ बन्छ : प्रचण्ड

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताउनुभएको छ ।
  • उहाँले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पार्नुभयो ।
  • प्रेस सङ्गठनले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यहाँको राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार तयार पारेको जिकिर गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताउनुभएको छ । उहाँले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पार्नुभयो ।प्रेस सङ्गठनले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यहाँको राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार तयार पारेको जिकिर गर्नुभयो । अध्यक्ष दाहालले सरकारले केही दिनअघि गरेको प्रदेश प्रमुखको नयाँ नियुक्तिलाई समेत सामान्य भएको अथ्र्याउनुभयो । “सरकारले लचिलो भएर मात्रै उहाँहरुलाई दुई वर्ष काम गर्न दिएको हो, होइन भने पहिले नै पदमुक्त गर्न सकिन्थ्यो, सबैसँग मिलेर जाऊँ भनेर केही समय काम गर्न दिएको हो ।”

उहाँले उपनिर्वाचन सफल बनाउन नेता÷कार्यकर्तालाई लाग्न अनुरोध गर्न आफू यहाँ आइपुगेको बताउनुभयो । “उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ”, उहाँले भन्नेुभयो, “सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।” नेकपा दाङले आज तुलसीपुरमा आयोजना गर्ने बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो ।

नेकपाका जिल्ला इञ्चार्ज जीवन गौतमका अनुसार प्रचण्डसँगै पूर्वसभामुख एवं पार्टीकी नेतृ ओनसरी घर्ती, पार्टी प्रदेश नं ५ का मुख्यमन्त्री शङकर पोखरेल पनि दाङ आइपुग्नुभएको छ । नेकपाले पार्टी एकतापछि अध्यक्षको सहभागितामा पहिलोपटक दाङमा बृहत कार्यकर्ता प्रशिक्षण आयोजना गर्नलागेको हो । प्रशिक्षण कार्यक्रम पार्टी एकता, पार्टीको नीति, विचार, आसन्न उपनिर्वाचनलगायतका विषयमा केन्द्रित हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै ज्ञापनपत्र पेस
पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै ज्ञापनपत्र पेस
दगाममा उत्पादित मह विदेश निर्यात
दगाममा उत्पादित मह विदेश निर्यात
प्रतिशोधका कारण भागरथीको बलात्कार पछि हत्या
प्रतिशोधका कारण भागरथीको बलात्कार पछि हत्या
बालिकालाई गोबर खुवाएको आरोपमा महिला पक्राउ
बालिकालाई गोबर खुवाएको आरोपमा महिला पक्राउ
प्रम दाहाललाई भारत भ्रमणको निम्तो नदिई फर्किए क्वात्रा
प्रम दाहाललाई भारत भ्रमणको निम्तो नदिई फर्किए क्वात्रा
नेकपा विद्यार्थी संगठनको एकता अन्तिम चरणमा : कसले मार्ला बाजी ?
नेकपा विद्यार्थी संगठनको एकता अन्तिम चरणमा : कसले मार्ला बाजी ?
तनहुँका दुवै क्षेत्रमा वाम गठबन्धन अगाडि, रामचन्द्र पौडेल एक हजार मतले पछाडि
तनहुँका दुवै क्षेत्रमा वाम गठबन्धन अगाडि, रामचन्द्र पौडेल एक हजार मतले पछाडि
प्रधानमन्त्री कप महिला टी-२० मा मधेश प्रदेशको पहिलो जित
प्रधानमन्त्री कप महिला टी-२० मा मधेश प्रदेशको पहिलो जित
मन्त्रीहरुको कामप्रति प्रम ओली असन्तुष्ट, साउनमा व्यापक हेरफेरको तयारी, सल्लाहकार पनि हटाउँदै !
मन्त्रीहरुको कामप्रति प्रम ओली असन्तुष्ट, साउनमा व्यापक हेरफेरको तयारी, सल्लाहकार पनि हटाउँदै !
कर्णाली स्वास्थ्य प्रतिष्ठान घटना छानबिन गर्न कार्यदल
कर्णाली स्वास्थ्य प्रतिष्ठान घटना छानबिन गर्न कार्यदल

तपाईंले छुटाउनुभयो कि?