धादिङ कैलाली र सप्तरीमा सवारी दुर्घटनामा मृत्यु

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन २५, २०७४
|
|
५३ पटक हेरिएको
Shares
धादिङ कैलाली र  सप्तरीमा सवारी दुर्घटनामा मृत्यु

सारांश

  • काठमाडौं, २५ असोज धादिङ – निलकण्ठ नगरपालिका–१२ साङकोषस्थित सडकमा बा.
  • ३ ख ४७८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करीब २० फिट तल खसेर दुर्घटना हुँदा बसमा सवार गंगाजमुना गाउँपालिका बस्ने ५० वर्षीय होमबहादुर घले गम्भीर घाइते भएकाले ट्रमासेन्टर काठमाडौं लैजाने क्रममा मंगलबार बाटोमै मृत्यु छ ।
  • बसमा सवार अन्य २६ जना घाईतेको सोही अस्पतालमा उरपचार भइरहेको छ ।

काठमाडौं, २५ असोज
धादिङ – निलकण्ठ नगरपालिका–१२ साङकोषस्थित सडकमा बा.३ ख ४७८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करीब २० फिट तल खसेर दुर्घटना हुँदा बसमा सवार गंगाजमुना गाउँपालिका बस्ने ५० वर्षीय होमबहादुर घले गम्भीर घाइते भएकाले ट्रमासेन्टर काठमाडौं लैजाने क्रममा मंगलबार बाटोमै मृत्यु छ । बसमा सवार अन्य २६ जना घाईतेको सोही अस्पतालमा उरपचार भइरहेको छ ।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली – टिकापुर नगरपालिका–४ अस्नेरी सडकमा  से.१ ह १४९५ नम्बरको अटोमा सवार गौरीगंगा मसुरिया बस्ने ५५ वर्षीया रामकुमारी डगौरा चलिरहेको अटोबाट खस्न गई गम्भीर घाइते भएकीले टिकापुर अस्पतालमा सामान्य उपचार पश्चात् कोहलपुर नेपालगंन्ज लैजाने क्रममा मंगलबार बाटोमै मृत्यु भएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी -राजबिराज नगरपालिका–९ राजबिराज रुपनी सडकमा स.५ प १२८० नम्बरको मोटरसाइकलले २ वटा साईकललाइ ठक्कर दिँदा साईकलमा सवार रुपनी गाउँपालिका–५ बस्ने ४० वर्षीय पवन शर्मा गम्भीर घाइते भएकाले  उपचारको लागि बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । सोही ठाउँ बस्ने ६७ वर्षीय सुरत यादव र मोटरसाइकल चालक समेत गम्भीर घाईते भएकाले सगरमाथा अस्पतालमा उपचार भईरहेको छ ।
यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?