“धौलागिरीमा नया गन्तब्य ‘जिप लाइन’को आवश्यकता”

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ७, २०७५
|
|
४० पटक हेरिएको
Shares
“धौलागिरीमा नया गन्तब्य ‘जिप लाइन’को आवश्यकता”

सारांश

  • -सचिन्द्र श्रेष्ठ धौलागिरीको प्रबेस द्वार पर्बत कुस्मा अहिले लामो र अग्लो पुलै पुलको सहर भनेर परिचित छ, साथ साथै धार्मीक तथा पर्यटकिय स्थानले नया नया संभावना,अवसर र गन्तब्य पाईरहेको अवगत नै छ।
  • आतंरिक तथा बाह्य पर्यटकको अहिले निकैनै बाक्लो उपस्थिति देख्न सकिन्छ।
  • अहिले बिश्व पर्यटकीय नगरीमा नया सोच, जागर ,उद्देश्य र आर्थिक लाभ गर्न अरु भन्दा फरक खालका साहसिक खेलहरुको ब्यापक प्रतिस्पर्धा देख्न पाइन्छ।

-सचिन्द्र श्रेष्ठ

धौलागिरीको प्रबेस द्वार पर्बत कुस्मा अहिले लामो र अग्लो पुलै पुलको सहर भनेर परिचित छ, साथ साथै धार्मीक तथा पर्यटकिय स्थानले नया नया संभावना,अवसर र गन्तब्य पाईरहेको अवगत नै छ।आतंरिक तथा बाह्य पर्यटकको अहिले निकैनै बाक्लो उपस्थिति देख्न सकिन्छ।

अहिले बिश्व पर्यटकीय नगरीमा नया सोच, जागर ,उद्देश्य र आर्थिक लाभ गर्न अरु भन्दा फरक खालका साहसिक खेलहरुको ब्यापक प्रतिस्पर्धा देख्न पाइन्छ। जसले गर्दा आतंरिक तथा बाह्य पर्यटकको घुईचो लाग्ने गर्दछ र राष्ट्रले मनघ्य आम्दानीका बाटाहरू पाउने गरेको छ।

यही फरक साहसिक खेलका बारेमा भनी रहदा पंक्तिकारले यूएईको रसेलखेमामा अवस्थित बिश्वकै लामो जिप लाइनलाई नजिक बाट करीब १३ महीना पहिले देखेको थियो।जहाँ स्वदेस र बिदेस बाट अत्यन्त पर्यटकहरु त्यस खेल को मज्जा लिन आएका थिए।जसलाई हेरी रहदा कता कता आफ्नै ठाउँमा पनि यस्तो एडभेंचर खेल बनाउन सके कति पर्यटक नेपालमा भित्राउन सकिने थियो भनेर सोची रहन्थ्यो।

-सचिन्द्र श्रेष्ठ

रसेलखेमामा रहेको त्यों जिप लाइन गिनिज वर्ल्ड रेकर्डमा समेत बिश्वकै लामो जिप लाइन भनेर चिनिन्छ। समुन्द्री सतह देखि १६८० मि. अग्लो र २.८ कि. मि(१.७४ माईल)लामो छ।

करीब २ बर्ष पहिले पोखरामा जीप फ्लायर भनेर अर्को साहसिक खेल गरी रहेको बेला केहि समय पहिले काभ्रे धुलिखेल नपा-८ थाकले डाडा देखि पाचखाल नपा- ५ खावा सम्म ११०० मि. लामो र १३०० मी.अग्लो जिप लाइन शुरू भई सकेको छ।

पर्बतलाई संघीय सरकारको पर्यटन मंत्रालय अन्तर्गत कुस्मा न पा ३ को दुर्लुङमा रहेको क्यानयोंङ र दक्षिण भेगको महाशिलालाई नया तथा बिकास गरिनु पर्ने पर्यटकीय स्थलको रुपमा अघि सारेको थियो।सोहि अनुरूप पंक्तिकारले पनि दुर्लुङ देखि बागलुङ नपा-१२ अमलाचौर बलेवामा रहेको भैरबस्थान सम्म जो समुन्द्री सतह देखि २२०८ मि. अग्लो जिप लाइन गराउन सके त्यहाँको आतंरिक तथा बाह्य पर्यटक आउन मद्दत पुग्ने र नया गन्तब्य पनि बन्न सक्ने थियो।

अहिले बागलुङ बलेवामा केबल कार सञ्चालन तथा बंजी जम्प ,साईक्लिंङ समेत बन्ने तयारी अन्तिम चरणमा छ । यसले गर्दा बागलुङ बलेवाको भैरबस्थानमा थप तीर्थालु दर्शन गर्न जाने क्रम बढ्दो छ।
यसले गर्दा बागलुङ तथा पर्बतमा समेत पर्यटक भित्रिने सम्भावना बढी देखिने र यसलाई प्रदेश राज्य ,गैह्र सरकारी संघ संस्था तथा पर्यटन ब्यबसायी लागी परेर अगाडि बढ़न सके धौलागिरीले अझ नया नया गन्तब्य पाउने थियो र राज्य ,समाज ब्यक्तिलाई रोजगारका सिर्जना हुने आर्थिक उन्नतिमा सहयोग पुग्ने निश्चित छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमेहन प्रकाश सिलवाल काठमाडौँ। कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए। शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति

गोली हानेर पैसा लुट्ने दुई जना काठमाडौंमा पक्राउ
गोली हानेर पैसा लुट्ने दुई जना काठमाडौंमा पक्राउ
माछा र चामल ‘जोन’ बनाइने
माछा र चामल ‘जोन’ बनाइने
भाइटीकाको साइत कात्तिक १२ गते ११ः५५ बजे
भाइटीकाको साइत कात्तिक १२ गते ११ः५५ बजे
टुँडीमा ताल निर्माण शुरु
टुँडीमा ताल निर्माण शुरु
प्रदेश १ मा मुख्यमन्त्रीमा तीनजनाको दाबी
प्रदेश १ मा मुख्यमन्त्रीमा तीनजनाको दाबी
लकडाउनको नयाँ मोडालिटी आज सार्वजनिक हुने
लकडाउनको नयाँ मोडालिटी आज सार्वजनिक हुने
२३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख ढुङ्गाना  2017-11-02 16:45
२३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख ढुङ्गाना 2017-11-02 16:45
तल्लो तहसम्म संगठन विस्तार गर्न राप्रमसंलाई अध्यक्ष थापाको निर्देशन
तल्लो तहसम्म संगठन विस्तार गर्न राप्रमसंलाई अध्यक्ष थापाको निर्देशन
कृष्णबहादुर महरा र वर्षमान पुन वाम गठबन्धनप्रति असन्तुष्ट
कृष्णबहादुर महरा र वर्षमान पुन वाम गठबन्धनप्रति असन्तुष्ट