नगर प्रहरीबाट दमन हुँदा सामाजिक परिचालक घाइते !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २५, २०७५
|
|
५४ पटक हेरिएको
Shares
नगर प्रहरीबाट दमन हुँदा सामाजिक परिचालक घाइते !

सारांश

  • पोखरा, २५ वैशाख।
  •   सामाजिक परिचालकले दिनहुँ पोखरा लेखनाथ महानगरपालिका कार्यालयको गेट कुर्न थालेको १६ दिन नाघिसक्यो ।
  • तर, उनीहरुको माग अझै पूरा भएको छैन ।

पोखरा, २५ वैशाख।  सामाजिक परिचालकले दिनहुँ पोखरा लेखनाथ महानगरपालिका कार्यालयको गेट कुर्न थालेको १६ दिन नाघिसक्यो । तर, उनीहरुको माग अझै पूरा भएको छैन । दैनिक पूर्वान्ह ११ बजे देखि दिउँसो २ बजेसम्म धर्नामा बस्छन्, नाराबाजी गर्छन् जान्छन् । तर कहिलेकाहिँ उनीहरुलाई धरपकड पनि हुन्छ ।

गत वैशाख १४ गते एक वडा अध्यक्ष सहित नगरप्रहरीबाट दुव्र्यवहार भएको थियो । आइतबार त दुई जना घाईते नै हुने गरी नगरप्रहरीले बुट बर्साएको भन्दै महिलाहरु मिडिया सम्म आइपुगेका छन् । पुरुष नगरप्रहरीले ब्यानर राख्न नदिएपछि प्रतिवाद गर्दा संगीता भण्डारी र शान्ति मल्ल ठकुरी कुटिएको कमला बास्तोला खनालले जानकारी दिईन् ।

‘पुरुषहरुले महिलालाई बुट बजारेका छन् रु हाम्रो आन्दोलन कति शान्तिपूर्ण छ सबैलाई थाहा छ। ’ उनले भनिन्– ‘आईतबार पनि हामी ११ बजेतिर ब्यानर गेटमा टाँसेर धर्ना सुरु गर्न लागेका थियौं । एक घण्टा अघि नै प्रहरी र नगरप्रहरी रहेछ ।

हामीलाई ब्यान टाँस्न दिएनन् । अनि नगरप्रहरी महिला विरुद्ध दमनमा उत्रिए । सुत्केरी र गर्भवती घाईते हुने गरी लात्तीले कुटे ।’ उनले असई पुरुषोत्तम थापाले बुटले हानेको बताईन् । आईतबारको घटनापछि मानव अधिकार आयोग र इन्सेक प्रतिनिधिले सोमबार अनुगमन समेत गरेका छन् ।

आईतबार १५ दिन पूरा भएको सन्दर्भमा ऐक्येबद्धता जनाउने कार्यक्रम पनि सुरु भएको उनले बताईन् । नेपाली काँग्रेसकी नेतृ तथा पूर्व सभासद् शारदा पौडेल, काँग्रेस नेतृ सरस्वती गुरुङ धर्ना स्थलमै पुगेर सामाजिक परिचालकको मागमा ऐक्येबद्धता प्रकट गरेका छन् ।

नेतृ गुरुङले महिलाहरुलाई स्थानीय सरकारले हेपेको बताउँदै तुरुन्त काममा फर्काउन सामाजिक सञ्जालमार्फत अपिल गरेकी छिन् ।
सोमबार वडा नागरिक मञ्च पोखरा ७ संयोजक राममोहन आचार्य, पर्यटन व्यवसायी मन्दरा ढकाल, वडा नंं। १० सदस्य सम्मरबहादुर श्रेष्ठले एक्येबद्धता जनाए ।

करारको जागिरको अवधि थप नभएपछि आन्दोलित कास्की जिल्लाका सामाजिक परिचालकहरुले १६ दिनदेखि यसरी नै धर्ना दिँदै आइरहेका हुन् ।

महानगरपालिकासहित ५ स्थानीय तह रहेको कास्कीमा महानगरमा ४६ र अन्य ४ गाउँपालिकामा २९ जना गरी ७५ जना सामाजिक परिचालक छन् । माछापुच्छ्रे गाउँपालिकामा ८, अन्नपूर्ण गाउँपालिकामा ५, रुपा गाउँपालिकामा ७ र मादी गाउँपालिकामा ९ जना सामाजिक परिचालक छन् ।

महानगरपालिकाले नियुक्त गरेपछिमात्रै गाउँपालिकाले नियुक्त गर्ने बताएपछि सबै सामाजिक परिचालक पोखरा महानगरपालिका केन्द्रित भएर आन्दोलन गरिरहेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आइसकेका कारण गत पुस १७ गतेबाट स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम ९एलजीसीडीपी० कार्यक्रम समाप्त भयो र करिब पाँच हजार सामाजिक परिचालकको जागिर गुमेको थियो । उनीहरुको देशभरको आन्दोलनले यसै असार मसान्तसम्म पुनः काममा राख्ने निर्णयमा सरकार पुगेको थियो ।

२०७४ चैत १२ गते मन्त्रिपरिषद्को निर्णय अनुसार चैत १६ देखि नै मुलुकभर सामाजिक परिचालकले काम सुरु गरिसक्दा कास्कीका स्थानीय तहले भने नियुक्ति दिएको छैन । त्यसैले, कास्कीमा सामाजिक परिचालक आन्दोलनमा उत्रेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लमजुङका कोरोना संक्रमित काठमाडौँको यो स्थानमा रहेको खुलासा
सामाजिक सञ्जालमा ‘ट्रिपर काण्ड’ हंगामा !
सामाजिक सञ्जालमा ‘ट्रिपर काण्ड’ हंगामा !
वीरगञ्जका शिवकुमारलाई कोरोनाको सङ्क्रमण नभएको पुष्टि : रिपोर्ट सहित
वीरगञ्जका शिवकुमारलाई कोरोनाको सङ्क्रमण नभएको पुष्टि : रिपोर्ट सहित
संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं
संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं
सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु
सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु
गुल्मीमा जीप दुर्घटना हुँदा चालक र सहयोगी बाहेक ६ जनाको मृत्यु (सुचीसहित)
गुल्मीमा जीप दुर्घटना हुँदा चालक र सहयोगी बाहेक ६ जनाको मृत्यु (सुचीसहित)
प्रहरीको बर्दीमा दाग लगाउने यी हुन् पुलिस संलग्न भएका चर्चित घटना
प्रहरीको बर्दीमा दाग लगाउने यी हुन् पुलिस संलग्न भएका चर्चित घटना
मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका यी अाठ वटा कलेजमा भर्ना खुल्याे!
मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका यी अाठ वटा कलेजमा भर्ना खुल्याे!
५० हजार मत कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे !
५० हजार मत कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे !
निर्मला पन्तका विषयमा गृहमन्त्रीको अर्को अभिव्यक्ति
निर्मला पन्तका विषयमा गृहमन्त्रीको अर्को अभिव्यक्ति

तपाईंले छुटाउनुभयो कि?