नगर र गाउँ कार्यपालिकाले पूर्णता पायो, म्याग्दीका छ स्थानीय तहमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ १९, २०७४
|
|
५५ पटक हेरिएको
Shares
नगर र गाउँ कार्यपालिकाले पूर्णता पायो, म्याग्दीका छ स्थानीय तहमा

सारांश

  • म्याग्दी, १९ जेठ ।
  • म्याग्दीका नगर र गाउँ कार्यपालिकाले बिहीबार पूर्णता पाएको छ ।
  • वैशाख ३१ गते भएको चुनावबाट निर्वाचित भएका नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले मतदान गरेर कार्यपालिकामा दलित, अल्पसङ्ख्यक र महिला सदस्य चुनेका हुन् ।

म्याग्दी, १९ जेठ । म्याग्दीका नगर र गाउँ कार्यपालिकाले बिहीबार पूर्णता पाएको छ । वैशाख ३१ गते भएको चुनावबाट निर्वाचित भएका नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले मतदान गरेर कार्यपालिकामा दलित, अल्पसङ्ख्यक र महिला सदस्य चुनेका हुन् ।

म्याग्दीको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नै नगर र गाउँ कार्यपालिकाले पूर्णता पाएको हो । गाउँ तथा नगर कार्यपालिका गठनमा बेनी नगरपालिकामा एमाले र राप्रपाका उम्मेदवार विजयी भएका छन् भने रघुगङ्गामा काँग्रेसका उम्मेदवार निर्विरोध विजयी भएका छन् ।

त्यसैगरी मङ्गला र धौलागिरिमा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने अन्नपूर्णमा काँग्रेस र माओवादीका उम्मेदवार विजयी भएका छन् । त्यसैगरी मालिका गाउँ कार्यपालिकामा भने तीनवटै पार्टी र स्वतन्त्रबाट समेत गरी सहमतिमै गाउँ कार्यपालिकाको गठन गरिएको छ ।

बेनीमा एमाले र राप्रपाका उम्मेदवार विजयी

बेनी नगर कार्यपालिका सदस्यमा दलित अल्पसङ्ख्यकतर्फ एमालेका कृष्णकुमार विश्वकर्मा, योगेन्द्रमान गौचन र राप्रपाका झलप्रसाद गौचन निर्वाचित हुनुभएको छ । महिला सदस्यमा एमालेकी गोरी दर्जी, गौमती नेपाली, गौरी थापामगर, दुर्गा कार्की बानियाँ र टकसरा राना निर्वाचित हुनुभएको छ ।

दस वडा रहेको बेनी नगरपालिकामा काँग्रेसले प्रमुखसहित एक वडा, एमालेले आठ वडा र स्वतन्त्रले एउटा वडामा विजयी भएका थिए भने उपप्रमुखमा राप्रपा विजयी भएको थियो ।

अन्नपूर्ण गाउँ कार्यपालिकामा काँग्रेस–माओवादी विजयी

अन्नपूर्ण गाउँ कार्यपालिका गठन भएको छ । बिहीबार भएको गाउँ कार्यपालिका गठनको निर्वाचन प्रक्रियामा काँग्रेस–माओवादी प्यानलका उम्मेदवारहरु विजयी भएका हुन् ।

दुई दलित वा अल्पसङ्ख्यक र चारजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा काँग्रेस र माओवादीले तालमेल गरेका थिए । निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकबाट नेपाली काँग्रेसका आत्मा तुलाचन र नेकपा (माओवादी केन्द्र)का थमबहादुर विक रहनुभएको छ ।

त्यसैगरी, महिला सदस्यमा नेपाली काँग्रेसकी दिर्जु रञ्जिता, पवित्रा खड्का र माओवादी केन्द्रका टेकमायाँ तिलिजा र विष्णुकुमारी दमै विजयी हुनुभएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो ।

आठवटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा ४२ जना सदस्य रहेका थिए । उक्त गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित चारवटा वडा काँग्रेसले तीनवटा वडा एमाले र एउटा वडामा माओवादी केन्द्र विजयी भएका थिए ।

मालिकामा सहमतिमा गाउँ कार्यपालिका गठन

मालिका गाउँपालिकाको गाउँ कार्यपालिकाको दलित सदस्यमा काँग्रेसका कुलमान पटेल र अल्पसङ्ख्यकमा माओवादी केन्द्रका दोरण शेरचन निर्विरोध छनोट हुनुभएको छ ।

महिला सदस्यमा सदस्यमा स्वतन्त्रबाट चनदेवी पुन र सरु श्रीपाली, एमालेकी गौमती चपार्इं र माओवादी केन्द्रकी मनरुपा घर्ती मनोनीत हुनुभएको छ । मालिकामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र स्वतन्त्र समूहले सहमति गरेर निर्विरोध रुपमा कार्यपालिका सदस्य चयन गरेका हुन् ।

धौलागिरिको गाउँ कार्यपालिकामा एमालेका उम्मेदवार निर्विरोध

धौलागिरि गाउँ कार्यपालिकामा एमालेका उम्मेदवार निर्विरोध भएका छन् । दलित अल्पसङ्ख्यकतर्फ रामबहादुर विक, देउप्रसाद छन्त्याल, महिलातर्फ सुवादेवी पुर्जा, किनमाया घर्ती, बालकुमारी विक र तिलकुमारी केसी चयन हुनुभएको छ ।

निर्वाचित कार्यपालिका सदस्यहरुलाई निर्वाचन अधिकृतहरुले विजयी भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो । सातवटा वडा रहेको धौलागिरिमा प्रमुख र उपप्रमुखसहित ६ वडामा एमाले र एक÷एक वडामा माओवादी केन्द्र र काँग्रेस विजयी भएका थिए ।

मङ्गला गाउँ कार्यपालिकामा एमालेका उम्मेदवार सर्वसम्मत

म्याग्दीको मङ्गला गाउँपालिकामा गाउँ कार्यपालिकाका सदस्यहरुमा एमालेका उम्मेदवारहरु सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । बिहीबार भएको गाउँ कार्यपालिका गठनको निर्वाचनमा दलित तथा अल्पसङ्ख्यकतर्फ रत्न विक र सरदेवी भट्टचन सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यसैगरी चारजना महिला सदस्यहरुमा शशिकला फगामी, दिलमाया विक, सरस्वती उपाध्याय र दिलकुमारी खत्री निर्वाचित भएका छन् ।

पाँचवटा वडा रहेको मङ्गला गाउँपालिकामा प्रमुख उपप्रमुखसहित चारवटा वडामा एमाले विजयी भएको थियो भने एक वडामा माओवादी केन्द्र विजयी भएको थियो ।

रघुगङ्गा गाउँपालिकामा काँग्रेसका उम्मेदवार निर्विरोध

रघुगङ्गा गाउँपालिकामा गाउँ कार्यपालिका गठनको निर्वाचनमा काँग्रेस सर्वसम्मत रुपमा बिजयी भएको छ । गाउँ कार्यपालिका गठनको निर्वाचन प्रक्रियामा काँग्रेसका उम्मेदवारहरुको मात्रै मनोनयन दर्ता भएपछि उनीहरु निर्विरोध भएका छन् ।

दुई दलित वा अल्पसङ्ख्यकतर्फ धनमायाँ घताने गोतामे र तोरण दर्जी तथा चार जना महिला सदस्यमा सम्झना परियरा, विष्णुमती पुन, रामकुमारी गोतामे घर्ति र रिति थजाली निर्विरोध बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आठवटा वडा रहेको रघुगङ्गा गाउँपालिकामा ४२ जना सदस्य रहेका थिए । उक्त गाउँपालिकामा प्रमुख र उपप्रमुख सहित ७ वटा वडामा काँग्रेस बिजयी भएको थियो भने एक वटा वडामा माओवादी केन्द्र र एमालेको प्यानल बिजयी भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२३ स्वर्णका साथ नेपाल शीर्ष स्थानमा (पदक जित्ने खेलाडीको नाम सहित)
२३ स्वर्णका साथ नेपाल शीर्ष स्थानमा (पदक जित्ने खेलाडीको नाम सहित)
कोरोना रोकथाम र उपचारमा अहिलेसम्म १२ अर्ब खर्च
कोरोना रोकथाम र उपचारमा अहिलेसम्म १२ अर्ब खर्च
बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै
बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै
संघीय संरचनामा ‘प्रदेश लोकसेवा आयोग’को गठनबारे अझै अन्योल
संघीय संरचनामा ‘प्रदेश लोकसेवा आयोग’को गठनबारे अझै अन्योल
देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि प्रचण्डको प्रतिक्रिया ‘सबै मिलेर देश बनाउँ ’
देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि प्रचण्डको प्रतिक्रिया ‘सबै मिलेर देश बनाउँ ’
स्याल र बाघ एकै चोटि कराउदा प्रकाश कटुवाल र भुमिका गिरि को भगाभाग
स्याल र बाघ एकै चोटि कराउदा प्रकाश कटुवाल र भुमिका गिरि को भगाभाग
अनसनरत रुवी खानसँग सरकारको पाँचबुँदे सहमति, तोडिन् आमरण अनशन
अनसनरत रुवी खानसँग सरकारको पाँचबुँदे सहमति, तोडिन् आमरण अनशन
कस्तो रहला बिहीबार देशभरको मौसम?
बैशाख १५ देखि देशभरका एनालग टिभी पूर्णतः बन्द हुँदै, अब यसो गर्नुहोस्
बैशाख १५ देखि देशभरका एनालग टिभी पूर्णतः बन्द हुँदै, अब यसो गर्नुहोस्
पौडेल पक्षलाई दोषी देखाएर महासमिति बैठक टार्ने रणनीतिमा देउवा !
पौडेल पक्षलाई दोषी देखाएर महासमिति बैठक टार्ने रणनीतिमा देउवा !

तपाईंले छुटाउनुभयो कि?