नमुना आवासीय मावि प्रदेश ४ मै उत्कृष्ट

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन ९, २०७४
|
|
५० पटक हेरिएको
Shares
नमुना आवासीय मावि प्रदेश ४ मै उत्कृष्ट

सारांश

  • फलेवास, पर्वत, ९ फागुन ,कुस्माबजारमा सञ्चालित नमूना आवासीय मावि प्रदेश नं ४ कै उत्कृष्ट विद्यालय घोषित भएको छ ।
  • शिक्षा मन्त्रालयले गरेको मूल्यांकनमा उत्कृष्ट घोषित नमूना आवासीय माविले रु एक लाख पुरस्कारसमेत जितेको छ ।
  • विद्यालय राष्ट्रियस्तरमा दोस्रो हुन सफल भएको छ ।

फलेवास, पर्वत, ९ फागुन ,कुस्माबजारमा सञ्चालित नमूना आवासीय मावि प्रदेश नं ४ कै उत्कृष्ट विद्यालय घोषित भएको छ ।

शिक्षा मन्त्रालयले गरेको मूल्यांकनमा उत्कृष्ट घोषित नमूना आवासीय माविले रु एक लाख पुरस्कारसमेत जितेको छ । विद्यालय राष्ट्रियस्तरमा दोस्रो हुन सफल भएको छ । “शिक्षा मन्त्रालयको मूल्यांकनका आधारमा हामी प्रदेशमा उत्कृष्ट विद्यालय हुन सफल भएका छौँ,” प्रिन्सिपल इन्द्रमान खत्रीले पत्रकार सम्मेलनमा भन्नुभयो, “यसले विद्यालयलाई अझै उत्कृष्ट बनाउने चुनौती थपिएको छ ।”
मन्त्रालयले गरेको मूल्यांकनमा नमूनाले ८६ दशमलव ९९ अंक ल्याएको छ । मन्त्रालयले तीन शैक्षिक सत्रमा विद्यालयमा विद्यार्थी भर्नादर, उत्तीर्ण दर र विद्यालय छाड्ने दर तथा प्रवेशिका परीक्षामा कम्तीमा ४० विद्यार्थी उत्तीर्ण भएको लगायत मापदण्डका आधारमा मूल्यांकन गर्दै आएको छ ।

नमूना आवासीय मावि २०४५ मा डिमुवाबजारमा स्थापना भएको थियो । विद्यालयलाई सशस्त्र द्वन्द्वका समयमा विस्थापित गरिएपछि सदरमुकाम कुस्मामा सञ्चालन हुँदै आएको छ । विद्यालय २०५६ देखि प्रवेशिका परीक्षामा सामेल भएको छ । विद्यालयबाट अहिलेसम्म ५१३ विद्यार्थी प्रवेशिका परीक्षामा सामेल भएकामा सबै विशिष्ट र प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए ।

विद्यालयबाट उत्पादित जनशक्तिमध्ये पाँच जनाले विद्यावारिधि, १५ एमबिबिएस, ३४ इञ्निीयर र ११ चार्टर्ड एकाउन्टेन्ट भएकाले विद्यालयको शैक्षिक अवस्थासमेत झल्कने व्यवस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्माले बताउनुभयो । “हामीले विद्यालयमा घोकन्ते शिक्षाभन्दा व्यावहारिक शिक्षामा जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “कक्षा ११ र १२ मा व्यवस्थापन पढ्ने विद्यार्थीले पनि प्रयोगात्मक शिक्षा पाएका कारण प्रदेशमै उत्कृष्ट उच्च मावि पनि बनेका छाँै ।” विद्यालयकै पहलमा नमूना व्यावसायिक कृषि सहकारीसमेत सञ्चालित छ ।
स्नातकोत्तर तयारी

छब्बीस वर्षअघि स्थापित कुश्मामा रहेको गुप्तेश्वर बहुुमुखी क्याम्पसले जिल्लामै पहिलो पटक स्नातकोत्तरको पढाइ शुरु गर्न लागेको छ ।

जिल्लामा एक दर्जनभन्दा बढी पब्लिक क्याम्पस भए पनि अहिलेसम्म स्नातक तहसम्म मात्र कक्षा सञ्चालन हुँदै आएको छ । धवलागिरि अञ्चलमै बागलुङमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा बाहेक अन्य कुनै पनि जिल्लामा स्नातकोत्तर सञ्चालन हुन नसकेको बेला क्याम्पसले सबैजसो तयारी गरेको क्याम्पस प्रमुख सुभाष पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवास जग्गा प्रकरण: निर्णयकर्तालाई अनुसन्धानको दायरामा ल्याउन सर्वोच्चको आदेश
ललिता निवास जग्गा प्रकरण: निर्णयकर्तालाई अनुसन्धानको दायरामा ल्याउन सर्वोच्चको आदेश
ठमेल पर्यटन परिषदको आयोजनामा ‘ठमेल सडक महोत्सव’ हुने
ठमेल पर्यटन परिषदको आयोजनामा ‘ठमेल सडक महोत्सव’ हुने
नेपाली कामदार माग गर्दै जापानद्वारा नेपाल सरकारलार्इ पत्र
नेपाली कामदार माग गर्दै जापानद्वारा नेपाल सरकारलार्इ पत्र
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६, ७ र ८ बाट उम्मेदवारहरुको नाम सिफारिस (नामावली सहित)
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६, ७ र ८ बाट उम्मेदवारहरुको नाम सिफारिस (नामावली सहित)
नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो
नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो
ओलीको अडानले प्रचण्ड अप्ठयारोमा
ओलीको अडानले प्रचण्ड अप्ठयारोमा
सुक्का मानोमा अनु र हिमाल
सुक्का मानोमा अनु र हिमाल
आजको मौसम पूर्वानुमान
आजको मौसम पूर्वानुमान
महोत्तरीमा मतपरिणम आउन थाल्यो
महोत्तरीमा मतपरिणम आउन थाल्यो
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर

तपाईंले छुटाउनुभयो कि?