सचेतनाका लागि नागरिक सुनुवाइ

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १३, २०७९
|
|
५१ पटक हेरिएको
Shares
सचेतनाका लागि नागरिक सुनुवाइ

सारांश

  • मनाङ ।
  • हिमाली जिल्ला मनाङमा सचेतनाका लागि नागरिक सुनुवाइ कार्यक्रम गरिएको छ ।
  • जिल्ला प्रहरी कार्यालयको आयोजनामा नासो गाउँपालिका–१ तालस्थित समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

मनाङ । हिमाली जिल्ला मनाङमा सचेतनाका लागि नागरिक सुनुवाइ कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा नासो गाउँपालिका–१ तालस्थित समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले यस्ता कार्यक्रमले नागरिक र प्रहरीबीच समन्वय गराउन मद्धत मिल्ने बताए । “आमनागरिक र प्रहरीबीचको सम्बन्ध नङ र मासु जस्तै भएकाले यसको महत्व बुझाउन कार्यक्रम गरिएको उनले उल्लेख गरे ।

प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले समुदाय र प्रहरीबीचको सम्बन्ध एकआपसमा जोडिएकाले आमनागरिकलाई सचेत गराउनाका साथै समन्वय गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । यसबाट सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको उनको भनाइ थियो ।

ताल आमासमूहका अध्यक्ष कान्छी गुरुङले यो जिल्ला पर्यटन क्षेत्रमा अगाडि रहे पनि कच्ची सडकले गर्दा पर्यटन विकासमा पछि परेको चर्चा गर्दै गत वर्षको बाढीका भएको क्षतिको रकम हालसम्म प्राप्त नभएकाले पहल गर्न आग्रह गरे ।

ज्येष्ठ नागरिक आशबहादुर गुरुङले बाटो तथा पुल बनाउनुपर्ने र गाडीमा यात्रा गर्दा ज्येष्ठ नागरिकलाई सिटको व्यवस्था भए÷नभएको नियमितरुपमा निगरानी राख्नुपर्नेमा जोड दिए।

स्थानीय सिंहबहादुर गुरुङले प्रहरीबाट सहयोग प्राप्त भइरहेकै अवस्थामा पनि यात्राका क्रममा गाडी भाडा बढी लिने गरेकाले सम्बन्धित निकायबाट पहल हुनुपर्नेमा जोड दिए ।

स्थानीयवासी ललिता गुरुङले घरेलु हिंसा, झैझगडाले महिलाको सुरक्षा नहुने भएकाले यस्ता समस्यालाई नियमितरुपमा ध्यान दिनुपर्नेमा जोड दिए । स्थानीयवासी राजन गुरूङले रातको समयमा प्रहरी गस्ती बढाउन अुनरोध गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री राई:त्रीयुगा क्यापसको साधारण सभामा सहभागी
मुख्यमन्त्री राई:त्रीयुगा क्यापसको साधारण सभामा सहभागी
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
आन्दोलनमा खुट्टा गुमाएका झालाई राहत
आन्दोलनमा खुट्टा गुमाएका झालाई राहत
नेपाल र बंगलादेशबीच साहित्यिक सम्बन्धमा जोड
नेपाल र बंगलादेशबीच साहित्यिक सम्बन्धमा जोड
जोखिमपूर्ण काममा बालबालिका
जोखिमपूर्ण काममा बालबालिका
आफैँले बन्दुक चलाउँदा एकको मृत्यु
आफैँले बन्दुक चलाउँदा एकको मृत्यु
मासु काटमार गर्ने र किन्नेलाई ५० हजार जरिवाना, सुराकीलाई १५ हजार इनाम
मासु काटमार गर्ने र किन्नेलाई ५० हजार जरिवाना, सुराकीलाई १५ हजार इनाम
सांसद डा वाग्ले भन्छन् : राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ
सांसद डा वाग्ले भन्छन् : राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ
‘धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ’: मन्त्री किराँती
‘धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ’: मन्त्री किराँती
दर्जनौँ विदेशी कूटनीतिज्ञले उत्तर कोरिया छोडे, धेरै दूतावास बन्द
दर्जनौँ विदेशी कूटनीतिज्ञले उत्तर कोरिया छोडे, धेरै दूतावास बन्द

तपाईंले छुटाउनुभयो कि?