सांसद डा वाग्ले भन्छन् : राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १२, २०८०
|
|
३६ पटक हेरिएको
Shares
सांसद डा वाग्ले भन्छन् : राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ

सारांश

  • तनहुँ ।
  • तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा स्वर्णिम वाग्लेले देशको राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई एकसाथ चिर्नुपर्ने अवस्था आएको बताएका छन् ।
  • मुख्य निर्वाचन कार्यालयबाट विजयीको प्रमाणपत्र लिए पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आज दमौलीको खुलाचौरमा आयोजित सभामा उनले भने–“राजनीति सही दिशामा छैन्, दूषित बन्दै गएको छ, यसलाई सङ्ल्याउनुपर्छ ।

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा स्वर्णिम वाग्लेले देशको राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई एकसाथ चिर्नुपर्ने अवस्था आएको बताएका छन् ।

मुख्य निर्वाचन कार्यालयबाट विजयीको प्रमाणपत्र लिए पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आज दमौलीको खुलाचौरमा आयोजित सभामा उनले भने–“राजनीति सही दिशामा छैन्, दूषित बन्दै गएको छ, यसलाई सङ्ल्याउनुपर्छ ।” राजनीतिलाई सङ्ल्याएर अर्थतन्त्रलाई माथि उकास्नुपर्ने डा वाग्लेको भनाइ थियो ।

राष्ट्रिय जीवनका विभिन्न पाटा ठप्प रहेका उल्लेख गर्दै उनले ती सबै कुरालाई खुकुलो बनाउँदै अन्तरनिहीत सम्भावनालाई प्रष्फुटनका लागि राजनीतिलाई सही दिशामा ल्याउनुपर्नेमा उनले जोड दिए । एक व्यक्तिको प्रयासले मात्रै देशको विकास गर्न नसकिने उल्लेख गर्दै डा.वाग्लेले यसका लागि सबै राजनीतिक दल एकै स्थानमा रहेर जिम्मेवारका साथ काम गर्नुपर्ने समय आएको उल्लेख गरे ।

“रास्वपा छ महिनामा राष्ट्रिय पार्टी बन्न सफल भएको छ, राजनीतिमा यसले एक किसिमको झिल्को दिएको छ । यसले पराम्परागत दललाई सुध्रिन बाध्य बनाएको छ”, उनले भने । युवाका आकांक्षालाई पूर्णरुपले आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प नरहेको वाग्लेको भनाइ थियो ।

उनले भने– “देशका विकृति विसङ्सङ्गतिलाई चिर्न तनहुँले ठूलो सन्देश दिएको छ”, उनले भने । तनहुँवासीले गर्ब गर्ने किसिमले इमान्दार र जिम्मेवार भएर काम गर्ने डा वाग्लेले प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैशाख १७ गते मंगलबारको राशीफल कस्तो छ ? थाहा पाउनुस्
आचारसंहिता उल्लङ्घन नगर्न काउन्सिलको अपिल
आचारसंहिता उल्लङ्घन नगर्न काउन्सिलको अपिल
शहीद दिवशमा अध्यक्ष केपी ओलीको सन्देश
शहीद दिवशमा अध्यक्ष केपी ओलीको सन्देश
झापामा ओलीलाई दोब्बर मतको अग्रता, सबै क्षेत्रमा वाम गठवन्धन अगाडि
भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री दाहाल
भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री दाहाल
मन्त्री अधिकारीको अन्त्येष्टी गृह जिल्ला कास्कीमा गरिने
मन्त्री अधिकारीको अन्त्येष्टी गृह जिल्ला कास्कीमा गरिने
बैंकलाई ब्रोकर लाइसेन्सः प्रक्रिया पु¥याउनै समय लाग्ने
बैंकलाई ब्रोकर लाइसेन्सः प्रक्रिया पु¥याउनै समय लाग्ने
मिटरब्याजी समस्या समाधान हुने भन्दै पीडितलाई आफ्नो ठाउँमा फर्कन सरकारको आग्रह
मिटरब्याजी समस्या समाधान हुने भन्दै पीडितलाई आफ्नो ठाउँमा फर्कन सरकारको आग्रह
स्टक क्लियरेन्स मेला बुधबारबाट, दशैंका लागि आवश्यक सामान पाइने
स्टक क्लियरेन्स मेला बुधबारबाट, दशैंका लागि आवश्यक सामान पाइने
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी