नयाँ सरकारअघि एमाले–माओवादी केन्द्रको एकता : प्रवक्ता भुसाल

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ४, २०७४
|
२
|
५६ पटक हेरिएको
Shares
नयाँ सरकारअघि एमाले–माओवादी केन्द्रको एकता : प्रवक्ता भुसाल

सारांश

  • काठमाडौँ, ४ माघ ।
  • नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकी छन् ।
  • रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको बताइन् ।

काठमाडौँ, ४ माघ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकी छन् । रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको बताइन् ।

दुबै पाटीबीच एकता भएपछि दुबै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी अध्यक्ष र प्रधानमन्त्री जो भए पनि एउटै पार्टीका नेता हुने बताइन् । दुबै दलका अध्यक्षलाई पार्टी एकता गर्न दिइएको जिम्मेवारी अब चाँडै पूरा हुने उनको भनाइ थियो ।

मुलुकलाई स्थायित्व र समृद्धितर्फ लैजाने उद्देश्यले चुनावअगावै निर्माण गरिएको वाम गठबन्धन कसैले चाहेर पनि फुटाउन नसक्ने बताउँदै प्रवक्ता भुसालले भनिन्, “जनताले दुबै दलका नेतालाई वाम एकता गर्न जनादेश दिएका हुन्, जनादेशअनुसार एकता र सरकार गठन हुन्छ ।”

सरकारले प्रदेशको अस्थायी मुकाम र प्रमुख तोक्ने विषयमा आफ्नो दलसँग कुनै पनि छलफल नगरेकोे उनले बताइन् । उनले जनताले आवश्यक देखेमा दुई तिहाइको प्रक्रियाबाट मुकाम परिवर्तन गर्नसक्ने पनि बताइन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    Logne Swasniko Thakka Thukka jasto .

    Comment Author

    Kyacee SB

    Yo desh ko. Bhrasta. Nashidai. Bandaina.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?