नारायणीमा हामफालेकी युवती १३ घण्टापछि जिवितै फेला

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २०, २०७७
|
|
३३ पटक हेरिएको
Shares
नारायणीमा हामफालेकी युवती १३ घण्टापछि जिवितै फेला

सारांश

  • चितवन, २० साउन ।
  • नारायण नदीको बहाव त्यो पनि वर्षे भेलमा ।
  • यस्तो बेलामा नारायणी नदीमा खसेको मान्छे जिवित फर्कन सायदै सक्ला ?

चितवन, २० साउन । नारायण नदीको बहाव त्यो पनि वर्षे भेलमा । यस्तो बेलामा नारायणी नदीमा खसेको मान्छे जिवित फर्कन सायदै सक्ला ? तर, एकजना युवती नारायणी नदीमा हामफालेर पनि बचेकी छिन् ।

चितवनको नारायणगढबाट गैंडाकोट जोड्ने नारायणी पुलबाट हाम फालेकी युवती १३ घन्टापछि नदी किनारमा फेला परिन् त्यो पनि जिवितै । उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ । साउन १९ गते बेलुका साँझतिर नारायणी पुलबाट हाम फाली बेपत्ता भएकी गैँडाकोट स्थायी घर भएकी २२ वर्षीया युवतीलाई १३ घन्टापछि प्रहरीले सकुशल उद्धार गरेको हो ।

अघिल्लो दिन बेपत्ता भएकी युवतीलाई प्रहरीले मंगलबार बिहान साढे ७ बजेतिर भरतपुरको रामघाटस्थित नारायणी नदीको किनारमा सकुशल फेला पारेका जनाएको छ । हालसम्म युवतीले के कारणले नदीमा हाम फालिन भन्ने कारण भने बताएको छैन । प्रहरीले युवतीलाई आफन्तको जिम्मा लगाएर घर पठाएको छ ।

(https://editorialrm.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?