निराश जनता देशको लागि सबभन्दा खतरनाक हुन्छन्: प्रधानमन्त्री ओली

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ३०, २०७५
|
|
५० पटक हेरिएको
Shares
निराश जनता देशको लागि सबभन्दा खतरनाक हुन्छन्: प्रधानमन्त्री  ओली

सारांश

  • काठमाडौं,३० साउन।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आम सर्वसधारणमा मुलुकमा केही परिवर्तन नभएको भन्दै निराश बनाउने काममा कोही कसैलाई नलाग्न आग्रह गरेका छन् ।
  •   उद्योगी व्यवसायीहरुको छलफलको क्रममा प्रम ओलीले औद्योगिकरणमार्फत मुलुकमा समृद्धि सम्भव भएको भन्दै नयाँ आशा जगाउनु पर्ने समयमा जनता निराश बन्नु देशकै लागि घातक भएको बताए ।

काठमाडौं,३० साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले आम सर्वसधारणमा मुलुकमा केही परिवर्तन नभएको भन्दै निराश बनाउने काममा कोही कसैलाई नलाग्न आग्रह गरेका छन् ।  उद्योगी व्यवसायीहरुको छलफलको क्रममा प्रम ओलीले औद्योगिकरणमार्फत मुलुकमा समृद्धि सम्भव भएको भन्दै नयाँ आशा जगाउनु पर्ने समयमा जनता निराश बन्नु देशकै लागि घातक भएको बताए ।
देशमा उद्योगको स्थापना मार्फत रोजगारी सृजना गर्नुपर्ने बताएका छन् । सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग मंगलबार सिंहदरबारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
ओलीले नेपाल उद्योगको स्थापनामार्फत नेपालमा अविकास, गरिबी र पछौटेपन हटाउनुपर्ने बताएका छन् । प्रम ओलीले औद्योगिकरणको अभियान नेपालमा मात्रै नभई दक्षिण एसियामा समेत सञ्चालन गर्नेपर्ने बताए । प्रम ओलीले भने, ‘अभियान हामीले नेपाल मात्र होइन दक्षिण एशियामा नै सञ्चालन गर्नुपर्दछ । गरिबी र पछौटेपनबाट अब दक्षिण एशियालाई नै मुक्त गर्नुपर्दछ ।’ प्रधानमन्त्री ओलीले अब स्थापना हुने उद्योगहरु प्रविधि मैत्री हुनेपर्ने बताए । उनले उद्योगमा काम गर्ने मजदुरहरु पनि प्रविधिमा पोख्त हुनुपर्ने बताए ।

केही तत्वहरुले नेपालमा केही भएको छैन भनेर जनतामा निराशा छर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । निराश जनता देशको लागि सबभन्दा खतरनाक हुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘आम जनतामा आत्मविश्वास बढाउनु र  र आशा लाग्दो भविष्य देखाइदिनु सरकारको काम  हो । जसले जनतामा आशावादीता बढेर जान्छ ।’ देश विकासका लागि अहिले उपयुक्त समय भएकोले यसलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘देशको जनसंख्यामा काम गर्न सक्नेहरुको बाहुल्यताको अवस्था छ, यो जनशक्तिलाई उपयोग गरेर देश निर्माणको काम गर्नुपर्दछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महामन्त्री सिंहले भने : उपलब्धि रक्षाका लागि जनता जागरुक हुनुपर्ने समय आएको छ
महामन्त्री सिंहले भने : उपलब्धि रक्षाका लागि जनता जागरुक हुनुपर्ने समय आएको छ
So why should I Choose the Dell Layanan Laptop?
मकैबारीमा खेलेका सभामुख महराले उद्घाटन गरे “प्रथम सभामुख कप”
मकैबारीमा खेलेका सभामुख महराले उद्घाटन गरे “प्रथम सभामुख कप”
आज देशैभर मौसम कस्तो होला ?
आज देशैभर मौसम कस्तो होला ?
उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने
उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने
सरकारलाई उखु किसानको पत्र : बक्यौता भुक्तानी नभएसम्म घर फर्कँदैनौँ
सरकारलाई उखु किसानको पत्र : बक्यौता भुक्तानी नभएसम्म घर फर्कँदैनौँ
कांग्रेस सभापति देउवा घेराबन्दीमा, जिल्ला सभापतिहरुले मच्चाए हंगामा
कांग्रेस सभापति देउवा घेराबन्दीमा, जिल्ला सभापतिहरुले मच्चाए हंगामा
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
प्रदिप खड्का र स्वस्तिमा खड्का बने टीभीएस एनटर्क १२५ स्कुटरको ब्राण्ड एम्बेसडर
प्रदिप खड्का र स्वस्तिमा खड्का बने टीभीएस एनटर्क १२५ स्कुटरको ब्राण्ड एम्बेसडर
घर बन्ने सपनामा झुप्रा भत्किए, दलित पालमा जाडो काट्दै
घर बन्ने सपनामा झुप्रा भत्किए, दलित पालमा जाडो काट्दै

तपाईंले छुटाउनुभयो कि?