निर्मला हत्याकाण्डः कञ्चनपुरमा हवाइ फायर

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र ७, २०७५
|
|
५९ पटक हेरिएको
Shares
निर्मला हत्याकाण्डः कञ्चनपुरमा हवाइ फायर

सारांश

  • महेन्द्रनगर, ७ भदाै ।
  •   निर्मला पन्त हत्याको विरोधमा आज पनि प्रदर्शन भएकाे छ ।
  • बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् ।

महेन्द्रनगर, ७ भदाै ।  निर्मला पन्त हत्याको विरोधमा आज पनि प्रदर्शन भएकाे छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूलार्इ नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाइ फायर गरेकाे छ । प्रहरीकाे गाेली लागि ४ जना घाइते भएका छन् । तीर्थ प्रसाद पनेरू, अर्जुन भण्डारा र सन्ताेष कठरियाकाे खट्टामा  र  तेज भट्ट टाउकाेमा गाेली लागेकाे छ । उनीहरूकाे महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ ।

बुधवारसम्म सदरमुकाम महेन्द्रनगरमा सीमित रहेको आन्दोलन आज जिल्लाभरि फैलिएको छ । प्रहरीले हत्याका मुख्य अभियुक्तलाई बचाउन मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलनकारी थप आक्रोशित भएका छन् । आज बिहानैबाट सदरमुकाम महेन्द्रनगरसहित बेदकोट नगरपालिकाको सुडा, लालपुर, दैजी तथा शुक्लाफाँटा नगरपालिकाको झलारीमा आन्दोलन भइरहेका छन् । आन्दोलनकारीले सडक र चोकचोकमा टायर बाल्दै नारावाजी गरेर प्रदर्शन गरिरहेका छन् । बुधबारको प्रदर्शन उग्र भएपछि प्रहरीले बल प्रयोग गरेकाे थियो । प्रहरीले अाज पनि अश्रुग्यास प्रहार  गरेकाे हाम्रा सहकर्मीले जनाएका छन् । प्रदर्शनका कारण पूर्वपश्चिम जाेड्ने महेन्द्र राजमार्ग अबरूद्ध भएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?