निर्मला हत्याकाण्डको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्याल पक्राउ, के भने बयानमा ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २८, २०८१
|
|
६३ पटक हेरिएको
Shares
निर्मला हत्याकाण्डको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्याल पक्राउ, के भने बयानमा ?

सारांश

  • काठमाडौं ।
  • कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण देखेको दाबी गरेका गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालले आफू उक्त घटनाको प्रत्यक्षदर्शी भएको बताएपछि मंगलबार सोधपुछ गरेर हाजिर जमानीमा छाडेको थियो ।

काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण देखेको दाबी गरेका गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालले आफू उक्त घटनाको प्रत्यक्षदर्शी भएको बताएपछि मंगलबार सोधपुछ गरेर हाजिर जमानीमा छाडेको थियो ।

सीआईबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र र प्राइम टाइम टेलिभिजनका ‘जनता जान्न चाहन्छन’ का कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको सीआइबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठ हुन्’, उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्याल दम्पती र प्रस्तोता धमलालाई सीआईबीमा ल्याएका छौं ।’
प्राइम टेलिभिजनमा ऋषि धमलालाई अन्तरवार्ता दिँदै उनले आफूले निर्मला पन्तलाई बलात्कार गरिएको प्रत्यक्ष देखेको दाबी गरेका छन् । तीनजनाले सामूहिक बलात्कार गरेको र आफूले उनीहरूलाई चिन्ने पनि अर्यालको भनाइ छ । उनको अन्तरवार्ता अहिले भाइरल भइरहेको छ ।

अर्यालले आफू तत्कालीन खानेपानी मन्त्री बिना मगरको गाडी हाँक्दा सो घटना प्रत्यक्ष देखेको दाबी गरेका छन् । कञ्चनपुरमा भएको बेला झण्डाबाल गाडी लिएर हिँड्दा प्रत्यक्ष देखे पनि वास्ता नगरेको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा
कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा
बाढीबाट औषधि गुमाएका नुवाकोटका ज्येष्ठ नागरिकलाई सिर्खलीमा निःशुल्क विशेषज्ञ सेवा
बाढीबाट औषधि गुमाएका नुवाकोटका ज्येष्ठ नागरिकलाई सिर्खलीमा निःशुल्क विशेषज्ञ सेवा
टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित
टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित
आज ऋषिपञ्चमी, यस्तो छ ऋषिपञ्चमी मनाउनुको कारण
आज ऋषिपञ्चमी, यस्तो छ ऋषिपञ्चमी मनाउनुको कारण
पानीले बाँध नाघेपछि एक सय गाउँमा बाढी !
पानीले बाँध नाघेपछि एक सय गाउँमा बाढी !
आयो सातै प्रदेशको बजेट, कुन प्रदेशको कति बजेट र कस्ता योजना ?
आयो सातै प्रदेशको बजेट, कुन प्रदेशको कति बजेट र कस्ता योजना ?
टीट्वेन्टी शृंखला : युएईविरुद्ध नेपाल चार विकेटले विजयी
टीट्वेन्टी शृंखला : युएईविरुद्ध नेपाल चार विकेटले विजयी
बंगलादेशी क्लवसँग पराजित भएपछि एएफसी कपबाट बाहिरियो मनाङ मर्स्याङ्दी
बंगलादेशी क्लवसँग पराजित भएपछि एएफसी कपबाट बाहिरियो मनाङ मर्स्याङ्दी
अाज वैशाख २५ गते: कहाँ के-के घटना घटे ?
अाज वैशाख २५ गते: कहाँ के-के घटना घटे ?
बहत्तर घण्टाभित्र कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने
बहत्तर घण्टाभित्र कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने

तपाईंले छुटाउनुभयो कि?