नुवाकोटमा टिपरको ठक्करबाट एककाे मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ४, २०८०
|
|
५० पटक हेरिएको
Shares
नुवाकोटमा टिपरको ठक्करबाट एककाे मृत्यु

सारांश

  • त्रिशूली ।
  • नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
  • मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको लिखु गाउँपालिका–१ बोरापानीका नेत्रमान विश्वकर्माको मृत्यु भएको छ भने उनको छोरा निरज घाइते भएका छन् ।

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको लिखु गाउँपालिका–१ बोरापानीका नेत्रमान विश्वकर्माको मृत्यु भएको छ भने उनको छोरा निरज घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार ५० वर्षीय नेत्रमानको उपचारका क्रममा त्रिशूली अस्पतालमा निधन भएको हो । उनको छोरा २० वर्षीय निरजको हातखुट्टासहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट लागेकाले अवस्था गम्भीर छ । उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।

नुवाकोटको देवीघाटबाट धादिङको गल्छीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–२९प ५७५८ नं को मोटरसाइकललाई गल्छीबाट देवीघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१–ख २५८४ नं को टिपरले बेलकोटगढी नगरपालिका–७ ठूलोखोलामा आज बिहान १० बजेको समयमा ठक्कर दिएको हो । ठक्कर दिने टिपर र त्यसका चालकलाई कारबाहीका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

(https://emdrprofessionaltraining.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलाबाट फर्कदा हराएका पत्रकार तेजु खड्काको निधन भएको पुष्टि
मेलाबाट फर्कदा हराएका पत्रकार तेजु खड्काको निधन भएको पुष्टि
भिसाको राजस्व उठाउँदै, मास्दै
भिसाको राजस्व उठाउँदै, मास्दै
महिला फुटबल एसियाली छनोट : पहिलो चरणको खेल मङ्गलबारदेखि
महिला फुटबल एसियाली छनोट : पहिलो चरणको खेल मङ्गलबारदेखि
धनगढीका व्यस्त सडकमा पार्किङ गर्न रोक
धनगढीका व्यस्त सडकमा पार्किङ गर्न रोक
पब्जीको कस्तो नशा हो, विहे मण्डपमै पनि दुलाहाले खेल्न छोडेनन्
पब्जीको कस्तो नशा हो, विहे मण्डपमै पनि दुलाहाले खेल्न छोडेनन्
रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गलादेशको भूमिका महत्वपूर्णः आङ सान सू की
रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गलादेशको भूमिका महत्वपूर्णः आङ सान सू की
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी छः प्रधानमन्त्री
शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी छः प्रधानमन्त्री
बोइङ ७३७ म्याक्स आकस्मिक अवतरण
बोइङ ७३७ म्याक्स आकस्मिक अवतरण
गृह र उद्योग मन्त्रालयको पहल: ग्यास डिपोहरूमा पुगे सादा पोसाकका सुरक्षाकर्मी
गृह र उद्योग मन्त्रालयको पहल: ग्यास डिपोहरूमा पुगे सादा पोसाकका सुरक्षाकर्मी

तपाईंले छुटाउनुभयो कि?