नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १८, २०७७
|
|
३९ पटक हेरिएको
Shares
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’

सारांश

  • काठमाडौं, १८ असार ।
  • जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादलाई लिएर संघीय लोतान्त्रिक गणतन्त्र नै गुम्ने हो कि भनेर चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौं, १८ असार । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादलाई लिएर संघीय लोतान्त्रिक गणतन्त्र नै गुम्ने हो कि भनेर चिन्ता व्यक्त गरेका छन् ।

उनले नेकपाका नेताहरुलाई संकेत गर्दै करमेडहरुलाई दुई तिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ भन्दै कडा टिप्पणी गरेका छन् ।उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्,’कुनैकुनै प्राणीलाई घीउ पच्दैन रे! हाम्रा कमरेडहरूलाई पनि दुइतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ।त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो! सबै सजग रहौं र खबरदारी गरौं( यत्रो त्यागरबलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?