नेकपा अध्यक्षद्वय बीच टुट्यो संवाद

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १२, २०७७
|
|
३४ पटक हेरिएको
Shares
नेकपा अध्यक्षद्वय बीच टुट्यो संवाद

सारांश

  • सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद चर्किँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा संवाद टुटेको छ ।
  • गत ३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाउँदै अध्यक्ष दाहालले प्रस्ताव पेस गरेपछि संवाद टुटेको हो ।
  • त्यसभन्दा अघि विभिन्न विषयमा छलफल हुँदै आएको भए पनि ३ मंसिरको सचिवालय बैठकयता अध्यक्षद्वय ओली र दाहालका बीचमा संवाद भएको छैन ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद चर्किँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा संवाद टुटेको छ ।

गत ३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाउँदै अध्यक्ष दाहालले प्रस्ताव पेस गरेपछि संवाद टुटेको हो । त्यसभन्दा अघि विभिन्न विषयमा छलफल हुँदै आएको भए पनि ३ मंसिरको सचिवालय बैठकयता अध्यक्षद्वय ओली र दाहालका बीचमा संवाद भएको छैन ।

हरेक समस्या आउँदा दुई अध्यक्षबीच संवादमार्फत समस्या समाधानको पहल हुने गरेको थियो तर अहिले उनीहरूबीच संवाद टुटेपछि समस्याहरू पनि थाती रहेको निकटस्थहरूले बताएका छन् । ओली पक्षले दाहालले प्रस्तुत गरेको प्रतिवेदनलाई अराजनीतिक प्रतिवेदनको संज्ञा दिँदै आएका छन् ।

नेकपाभित्रको शक्ति संघर्षले पार्टी एकता निकै कमजोर बन्न पुगेको छ । नेकपा स्रोतका अनुसार अध्यक्षद्वयका बीचमा बढ्दै गइरहेको दुरीका कारण पार्टी फुट्ने हो कि भन्ने चिन्ताले आम कार्यकर्ताहरू निराश बन्न पुगेका छन् ।

ओली पक्षका नेताहरूले भने प्रधानमन्त्रीका कारण पार्टी नफुट्ने तर अराजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेहरूले पार्टी फुटाउन सक्ने सम्भावनालाई भने नकार्न नसक्ने बताउँदै आएका छन् । दाहाल पक्ष नेताहरूले पनि प्रधानमन्त्रीले पार्टीको निर्णय कार्यान्वयन नगरेकाले समस्या आएको बताउँदै आएका छन् ।

पार्टीमा विवाद बढ्दै गइरहेको अवस्थामा दुवै पक्ष आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्न खोज्नुले पार्टीको अवस्था झन् ‘खतरा’तर्फ अघि बढिरहेको चित्रण गर्न थालिएको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिशुलीमा कार खस्दा १ को मृत्यु, २ जना पौडिएर बाँचे
त्रिशुलीमा कार खस्दा १ को मृत्यु, २ जना पौडिएर बाँचे
यस्तो छ एमाले-माओवादी पद बाँडफाँडको कसरत
यस्तो छ एमाले-माओवादी पद बाँडफाँडको कसरत
ऐतिहासिक मण्डः फल्चा (सोह्रखुट्टे पाटी) निर्माणकार्य अझै ओझेलमा !
ऐतिहासिक मण्डः फल्चा (सोह्रखुट्टे पाटी) निर्माणकार्य अझै ओझेलमा !
चीनसँग अन्तरदेशीय प्रशारण लाइन सम्भाव्यता अध्ययनको ६० प्रतिशत काम पुरा
चीनसँग अन्तरदेशीय प्रशारण लाइन सम्भाव्यता अध्ययनको ६० प्रतिशत काम पुरा
दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा २५ जना घाइते
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसरी गरे सरकारकाे प्रशंसा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसरी गरे सरकारकाे प्रशंसा
महिलाको नग्न तस्बिरको व्यापार हुने गोप्य संसारको कथा
महिलाको नग्न तस्बिरको व्यापार हुने गोप्य संसारको कथा
नागार्जुनमा एक हजार ३५५ घर पुनःनिर्माण
नागार्जुनमा एक हजार ३५५ घर पुनःनिर्माण
सरकारसँग सांसद चौधरीले भनिन् : २७ वर्षदेखि पीडा भोग्दै आएको छु, न्याय चाहियो
सरकारसँग सांसद चौधरीले भनिन् : २७ वर्षदेखि पीडा भोग्दै आएको छु, न्याय चाहियो
आफ्नो पिताको जलिरहेको चिता हेर्दै ६ बर्षिय अबोध बालक  प्रसिद्ध !
आफ्नो पिताको जलिरहेको चिता हेर्दै ६ बर्षिय अबोध बालक प्रसिद्ध !