नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
बिराटनगर १३ भदौ। इलामको सूर्याेदय नगरपालिका स्थित समालबुङबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ।नेकपाको झापा र इलामका जिल्ला तहका नेता कार्यकर्ता पक्राउ परेको पुष्टि गरेपनि प्रहरीले उनीहरूको नाम भने खुलाएको छैन। दुवै जिल्लाका नेता कार्यकर्ताले भेला तयारी गरिरहेका बेला भारतीय सीमानजिकैको सिद्धिखोला नजिक बाट उनीहरू लाई पक्राउ गरीएको प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले बताए।
पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरी ले जनाएको छ। प्रहरीले इलामको जिल्ला तहका एक नेता खोजी गर्ने क्रममा पशुपतिनगर इलाका प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको सुरक्षा स्रोतले जनाएको छ।प्रहरीका अनुसार प्रहरीले सुरुमा ४ जनालाई देखेर नियन्त्रण गर्न खोज्दा बाँकी नेता कार्यकर्ता भागेपछि उनीहरूलाई पनि पक्राउ गरिएको जनाएको छ ।
प्रतिक्रिया