नेपालमा आएको ‘टोर्नाडो’को नेपाली नाम भेटिएन
सारांश
- काठमाडौं ।
- नेपालको बारा, पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम भेटिएको छैन ।
- नेपालमा पहिलोपटक आएको टोर्नाडोको नेपाली नाम नभेटिएपछि विज्ञहरू नेपाली नाम जुराउन बहसमा छन् ।
काठमाडौं । नेपालको बारा, पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम भेटिएको छैन । नेपालमा पहिलोपटक आएको टोर्नाडोको नेपाली नाम नभेटिएपछि विज्ञहरू नेपाली नाम जुराउन बहसमा छन् ।
भूमरी परेर सोली आकारमा आइ बारा पर्सामा धनजनको क्षति गरेको थियो । नेपाली नाम नभएकाले जुराउनुपर्ने बताइएको हो ।
आँधी, हुरी भनिएपनि अंग्रेजीमा टोर्नाडो भन्ने गरिएकाले नेपाली नाम नभेटिएको विज्ञहरुले बताएका छन् ।
नेपालमा ठूलो धनजनको क्षति भएकाले नेपालीमै नामाकरण राख्नुपर्ने विज्ञहरुको सुझाव छ ।
टोर्नाडोले बारा र पर्सामा २९ जनाको मृत्यु भएको थियो । झण्डै २५ सय घर क्षतिग्रस्त भएका छन् । नेपालमै पहिलो पटक यसरी अमेरिकामा आइरहने टोर्नाडो जस्तै देखिएको विज्ञले बताएका छन् ।
प्रतिक्रिया