नेपालले मलेशियालाई हराउँदा पपुवा न्यूगिनीलाई फाइदा

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र १९, २०७८
|
|
५१ पटक हेरिएको
Shares
नेपालले मलेशियालाई हराउँदा पपुवा न्यूगिनीलाई फाइदा

सारांश

  • त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ८५ रनले हराएकाे छ ।
  • नेपालले दिएकाे दुई सय २४ रनकाे लक्ष्य पछ्याएकाे मलेसिया १९ ओभर पाँच बलमा एक सय ३८ रनमा अलआउट भयाे ।
  • मलेसियाका लागि वीरनदीप सिंहले ४७ र अहमद फैजले ३३ रन बनाए ।

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ८५ रनले हराएकाे छ ।

नेपालले दिएकाे दुई सय २४ रनकाे लक्ष्य पछ्याएकाे मलेसिया १९ ओभर पाँच बलमा एक सय ३८ रनमा अलआउट भयाे । मलेसियाका लागि वीरनदीप सिंहले ४७ र अहमद फैजले ३३ रन बनाए । बलिङतर्फ सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए । यस्तै कुशल भुर्तेल र राेहित पाैडेलले एक/एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २३ रन बनायाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५७ बलमा ६ छक्का र १० चाैकाकाे मद्दतमा नटआउट एक सय १० रन बनाए । यस्तै राेहित पाैडेलले ५१ रन बनाए ।

बलिङतर्फ मलेसियाका मुहम्मद वकिफ, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहम्मद आमिरले एक–एक विकेट लिए ।

आजकाे खेलमा मलेसिया पराजित भएसँगै पपुवा न्युगिनी (पीएनजी) फाइनलमा पुगेकाे छ । मलेसिया र पीएनजीकाे समान दुई अङ्क रहे पनि नेट रनरेटकाे आधारमा पीएनजी फाइनलमा पुगेकाे हाे । नेपाल भने यसअघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल आउँदाे साेमवार हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय समितिद्वारा काठमाडौंका बाढी प्रभावित क्षेत्रको निरीक्षण, राहतको व्यवस्था मिलाइ दिन पीडितको आग्रह
संसदीय समितिद्वारा काठमाडौंका बाढी प्रभावित क्षेत्रको निरीक्षण, राहतको व्यवस्था मिलाइ दिन पीडितको आग्रह
माओवादीले यथास्थितिमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वास मत नदिने
माओवादीले यथास्थितिमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वास मत नदिने
म्याग्दी बन्यो बाम किल्ला, कहाँ को विजयी ?
म्याग्दी बन्यो बाम किल्ला, कहाँ को विजयी ?
उपेन्द्रलाई ओलीले हिस्स बनाईदिए, महन्थसँग हिमचिम बढ्यो
उपेन्द्रलाई ओलीले हिस्स बनाईदिए, महन्थसँग हिमचिम बढ्यो
जेठ २ गते शुक्रबारको राशिफल यस्तो छ
जेठ २ गते शुक्रबारको राशिफल यस्तो छ
पोखरा लेखनाथ महानगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि जनप्रतिनिधि सक्रिय
पोखरा लेखनाथ महानगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि जनप्रतिनिधि सक्रिय
प्रियंका र निक विवाहको तयारीमा राजस्थान, हेर्नुस् फोटोमा…
प्रियंका र निक विवाहको तयारीमा राजस्थान, हेर्नुस् फोटोमा…
सोमबार शिवको व्रत बस्ने प्रचलन यसरी सुरु भयो
सोमबार शिवको व्रत बस्ने प्रचलन यसरी सुरु भयो
गाजामा ‘युद्धविराम’ को समाचार इजराइलद्वारा अस्वीकार
गाजामा ‘युद्धविराम’ को समाचार इजराइलद्वारा अस्वीकार
टी-२० विश्वकपः भारतको विजयी सुरूवात, आयरल्याण्ड ८ विकेटले पराजित
टी-२० विश्वकपः भारतको विजयी सुरूवात, आयरल्याण्ड ८ विकेटले पराजित

तपाईंले छुटाउनुभयो कि?