नेपालसँग मलेशिया पराजित
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
त्रिकोणात्मक टी(ट्वान्टी) अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले लगातार दोस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार मलेसियालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेले ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।
खेलको पहिलो बलमा करण केसीले विरनदीप सिंहलाई बोल्ड गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । पहिलो बलमा विकेट गुमाएको मलेसियाका जुबाइदी जुल्किफ्ले र कप्तान अहमद फाजीले ४९ रनको साझेदारी गर्दै मलेसियालाई मध्यम सुरुवात दिलाए ।
जुबाइदीले १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए । अहमदले ३८ बलमा ३ चौकाको मद्दतमा २४ रन जोडे ।
सेइद अजिजले १४, शर्भिन मुनियनडीले ९, मुहमद अमिरले १६, विजय उन्नीले ३ रनको योगदान गरे ।
नेपालका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर १ विकेट लिंदा दिपेन्द्र सिंह ऐरीले ४ ओभरमा १ मेडेन राख्दै १४ रन दिएर १ विकेट लिए ।
करणले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । अविनास बोहराले ४ ओभरमा २६ रन खर्चिएर १ विकेट लिए ।
प्रतिक्रिया