नेपाली चलचित्रमा सन्नी लियोनीकाे तीन कराेडकाे अाइटम

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर ५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
नेपाली चलचित्रमा सन्नी लियोनीकाे तीन कराेडकाे अाइटम

सारांश

  • काठमाडौं ।
  • पूर्वपोर्न स्टार तथा बलिउडकी ‘हटकेक’ अभिनेत्री सन्नी लियोनीले एक नेपाली फिल्ममा आइटम गरेको करिब तीन करोड रुपैयाँ लिएकी छन् ।
  • यो रकम हाल निर्माण भइरहेका बिग बजेटको भनिएको एउटा पूरै नेपाली फिल्मको बजेटभन्दा धेरै हो ।

काठमाडौं । पूर्वपोर्न स्टार तथा बलिउडकी ‘हटकेक’ अभिनेत्री सन्नी लियोनीले एक नेपाली फिल्ममा आइटम गरेको करिब तीन करोड रुपैयाँ लिएकी छन् । यो रकम हाल निर्माण भइरहेका बिग बजेटको भनिएको एउटा पूरै नेपाली फिल्मको बजेटभन्दा धेरै हो । बलिउडमा ‘जिस्म’मार्फत चर्चामा आएकी सन्नीले लण्डनमा छायाँकन गरिएको नेपाली फिल्म ‘पासवर्ड’को एक गीतमा आइटम गरेकी छन् । जुन गीतका लागि सन्नीले तीन करोड रुपैयाँ लिएको निर्माणपक्षले दावी गरेको छ ।

‘आजको शाम बेबी’ बोलको गीतमा सन्नीले आइटम नम्बर गरेकी हुन् । जुन गीतको यही गएको साता लन्डनको किङस्टनस्थित प्रिज्म नाइट क्लबमा दुई दिन लगाएर छायांकन गरिएको थियो । एउटा गीत आइटम गरेवापत तीन करोड सन्नीले एक मुष्ठ लिएकी भने होइन । सन्नीको असिस्टेन्ट, बढी गार्डलगायत विभिन्न पक्षलाई जोड्दा त्यति रकम खर्च भएको हो । फिल्म युनिटका एक सदस्यका अनुसार उक्त गीत छायांकन गर्नलाई मात्र ५ करोड रुपैयाँभन्दा धरै खर्च भएको छ । विक्रम जोशीको रचना र अर्जुन पोख्रेलले संगीत रहेको उक्त गीतका लागि बलिउडका कोरियोग्राफर विष्णु देवा सन्नीसँगै लण्डन पुगेका थिए । उक्त गीतमा सन्नीसँगै फिल्मका मुख्य कलाकार अनुपविक्रम शाही, बुद्धि तामाङलगायतले डान्स गरेका छन् ।

फिल्म ‘पासवर्ड’मा अनुपविक्रमका अलावा विक्की जोशी, परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत मुख्य कलाकार छन् ।सम्राट बस्नेतले फिल्मको निर्देशन गरेको उक्त फिल्ममा सौरभ लामाको छायांकन रहेको छ । हिरल जोशी र अमित बस्नेत निर्मता रहेको यो फिल्मका लागि खर्च ३० करोड रुपैयाँ पुग्ने दावी गरिएको छ । यो फिल्मलाई सन् २०१९ मा रिलिज गर्ने निर्माणपक्षको लक्ष्य रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र प्रचण्डको निर्देशन पर्खदैं पार्टी एकता कार्यदल, के के हुँदैछ ?
ओली र प्रचण्डको निर्देशन पर्खदैं पार्टी एकता कार्यदल, के के हुँदैछ ?
बजेटको लक्ष्य:  ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर , एक सय ग्राम काँचो सुन ल्याउन पाइने
बजेटको लक्ष्य: ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर , एक सय ग्राम काँचो सुन ल्याउन पाइने
सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने
सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने
स्थानिय तहको चुनाव र सामाजिक रुपान्तरण
स्थानिय तहको चुनाव र सामाजिक रुपान्तरण
रोकिएन संयुक्त सैन्य अभ्यास
रोकिएन संयुक्त सैन्य अभ्यास
मोटरसाइकल ट्रकसँग ठोकिँदा एकको मृत्यु
मोटरसाइकल ट्रकसँग ठोकिँदा एकको मृत्यु
कांग्रेससँग चुनावी तालमेल गरेको  राप्रपाले काठमाडौं–२ मा  भने माधव नेपाललाई सहयोग गर्ने
कांग्रेससँग चुनावी तालमेल गरेको राप्रपाले काठमाडौं–२ मा भने माधव नेपाललाई सहयोग गर्ने
हाइकिङ गएका विद्यार्थी चार दिनदेखि बेपत्ता: प्रहरी कार्यालयमा नारावाजी
हाइकिङ गएका विद्यार्थी चार दिनदेखि बेपत्ता: प्रहरी कार्यालयमा नारावाजी
लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन
लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन
निर्वाचन विरोधी गतिविधिमा सक्रिय दुई झापामा पक्राउ
निर्वाचन विरोधी गतिविधिमा सक्रिय दुई झापामा पक्राउ

तपाईंले छुटाउनुभयो कि?