गाँजाखेती नष्ट

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष १, २०७६
|
|
५० पटक हेरिएको
Shares
गाँजाखेती नष्ट

सारांश

  • सर्लाहीको हरिवन नगरपालिकामा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गरेको छ ।
  • हरिवन नगरपालिका–१ बेल डाँडा गाउँमा अढाइ बिघा बढी जग्गामा गरिएको गाँजाखेती प्रहरीले आज बिहान नष्ट गरेको हो ।
  • जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलको नेतृत्वको टोलीले पूर्वपश्चिम लोकमार्गबाट ११ किलोमिटर उत्तरी क्षेत्रमा सिन्धुलीको सीमासँग जोडिएको सो क्षेत्रमा लगाइएको १० हजारभन्दा बढी गाँजाको बोट फँडानी गरी आगो लगाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीको हरिवन नगरपालिकामा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गरेको छ ।

हरिवन नगरपालिका–१ बेल डाँडा गाउँमा अढाइ बिघा बढी जग्गामा गरिएको गाँजाखेती प्रहरीले आज बिहान नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलको नेतृत्वको टोलीले पूर्वपश्चिम लोकमार्गबाट ११ किलोमिटर उत्तरी क्षेत्रमा सिन्धुलीको सीमासँग जोडिएको सो क्षेत्रमा लगाइएको १० हजारभन्दा बढी गाँजाको बोट फँडानी गरी आगो लगाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

एकाबिहानै गाँजा खेती नष्ट गर्न गएको प्रहरी टोलीलाई देखेपछि स्थानीयवासी घर छोडेर भागेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

सो क्षेत्रमा उत्पादन हुने गाँजा सर्लाहीसहित भारतको विहार राज्यको विभिन्न ठाउँमा बिक्री वितरण हुँदै आएको छ । यसको प्रयोगले युवासमेत कुलतमा फस्दै आएको स्थानीयवासीको भनाइ छ भने अवैध लागुऔषध गाँजा तस्करले सर्लाहीका विभिन्न नाका हुँदै भारतसम्म पु¥याउने गरेका छन् ।

प्रहरीले अवैध ओसारपसारमा संलग्नलाई पटकपटक पक्राउ गर्ने गरेको भए पनि अवैध गाँजा तस्करी नियन्त्रणमा आउन नसकेको बताइएको छ ।

सिन्धुली जिल्लाबाट लुकीछिपी गाँजा ल्याउने काम भइरहेकोमा पछिल्लो समय जिल्लाको उत्तरी चुरे क्षेत्रमै गाँजाखेती फष्टाउन थालेको सूचना पाएपछि प्रहरीले गाँजा फँडानी गरेको हो । यो जिल्लामा अहिलेसम्मकै ठूलो गाँजा फँडानी भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ
अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ
ब्याज मिनाहाको माग गर्दै विद्युत् प्राधिकरणमा धर्ना
ब्याज मिनाहाको माग गर्दै विद्युत् प्राधिकरणमा धर्ना
रुसद्वारा युक्रेनको ओडेसामा भयानक आक्रमण, पेट्रोलियम प्रशोधन केन्द्र ध्वस्त
रुसद्वारा युक्रेनको ओडेसामा भयानक आक्रमण, पेट्रोलियम प्रशोधन केन्द्र ध्वस्त
सिन्धुपाल्चोकमा बस्नेतलाई हराउदै , माओवादी केन्द्रका अग्नि सापकोटा विजयी
सिन्धुपाल्चोकमा बस्नेतलाई हराउदै , माओवादी केन्द्रका अग्नि सापकोटा विजयी
३३ केजी सुन बेपत्ता प्रकरण:  बालकृष्ण सञ्‍जेल भन्छन् ५ करोडसम्म खर्च गर्छु भनेपछि..
३३ केजी सुन बेपत्ता प्रकरण: बालकृष्ण सञ्‍जेल भन्छन् ५ करोडसम्म खर्च गर्छु भनेपछि..
तुइन तर्न १०० रुपैयाँ
तुइन तर्न १०० रुपैयाँ
राष्ट्रिय हितको रक्षामा सरकार संवेदनशील छ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय हितको रक्षामा सरकार संवेदनशील छ : प्रधानमन्त्री दाहाल
धेरै फराकिलो मतान्तरले मैले चुनाव जित्दैछु : जगत बहादुर तामाङ
धेरै फराकिलो मतान्तरले मैले चुनाव जित्दैछु : जगत बहादुर तामाङ
शाहीको अध्यक्षतामा अछाम–काठमाडौं सम्पर्क समाज
शाहीको अध्यक्षतामा अछाम–काठमाडौं सम्पर्क समाज
तोकिएको दररेटभन्दा बढी मुनाफा लिई बिक्री गरेको आरोपमा व्यापारी पक्राउ !
तोकिएको दररेटभन्दा बढी मुनाफा लिई बिक्री गरेको आरोपमा व्यापारी पक्राउ !

तपाईंले छुटाउनुभयो कि?