नेपाली फिल्मको पहिलो समिक्षक को ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
५९ पटक हेरिएको
Shares
नेपाली फिल्मको पहिलो समिक्षक को ?

सारांश

  • पहिलो नेपाली फिल्म हल  नेपालमा २००६ साल मंसीर २७ गतेदेखि सर्वसाधारणले समेत हेर्न पाउने गरी काठमाडौँ सिनेमा घर (जुन पछि जनसेवा) निर्माण गरिएको थियो ।
  • अहिले जस्तो विज्ञापन र समाचारका लागि सञ्चारमाध्यमको सहजता नभएका कारण त्यतिबेला चलचित्र र चलचिच घरको बारेमा जानकारी दिई दर्शकलाई हलसम्म ल्याउनका लागि हल वरिपरि प्रदर्शनरत चलचित्रको बारेमा आकर्षक ढंगले कथा सुनाउने व्यक्तिहरु नियुक्त गरिएका हुन्थे ।
  • नेपाली फिल्मको पहिलो समिक्षक पछिल्लो समय नेपाली चलचित्रको समीक्षा लेख्नेहरु प्रशस्तै रहेका छन् ।

पहिलो नेपाली फिल्म हल 
नेपालमा २००६ साल मंसीर २७ गतेदेखि सर्वसाधारणले समेत हेर्न पाउने गरी काठमाडौँ सिनेमा घर (जुन पछि जनसेवा) निर्माण गरिएको थियो । अहिले जस्तो विज्ञापन र समाचारका लागि सञ्चारमाध्यमको सहजता नभएका कारण त्यतिबेला चलचित्र र चलचिच घरको बारेमा जानकारी दिई दर्शकलाई हलसम्म ल्याउनका लागि हल वरिपरि प्रदर्शनरत चलचित्रको बारेमा आकर्षक ढंगले कथा सुनाउने व्यक्तिहरु नियुक्त गरिएका हुन्थे ।

नेपाली फिल्मको पहिलो समिक्षक

पछिल्लो समय नेपाली चलचित्रको समीक्षा लेख्नेहरु प्रशस्तै रहेका छन् । तर अहिलेसम्म प्राप्त आधिकारिक प्रमाण अनुसार पहिलो पटक नेपाली चलचित्रको समीक्षा लेख्ने व्यक्ति परराष्ट्रवीद तथा पूर्व मन्त्री रमेशनाथ पाण्डे हुन् । पाण्डेले तत्कालिन शाही नेपाल चलचित्र संस्थानले निर्माण गरेको चलचित्र ‘मनको बाँध’को समीक्षा लेखेका थिए । उनले ‘मनको बाँध फुटेर ६ लाख डुब्यो ’ शिर्षकमा चलचित्रको समीक्षा गरेका थिए ।

इतिहासका फिल्म हलहरु

चलचित्र हेर्न थाले पछि जनताको चेतनास्तर वृद्धि हुन्छ र आफ्नो मनपरी शासन सत्ताको विरोधमा जान्छन् भन्ने त्रासले २००७ सालताका सरकारले चलचित्र भवन निर्माणमा निकै कडाई गरेको थियो । त्यसैले रेडियो नेपाल स्थापना भएको केही वर्षसम्म चलचित्रका विज्ञापन प्रशारण गर्न निषेध गरिएको थियो । २०११ सालदेखि काठमाडौँ उपत्यकामा चलचित्र घर निर्माण हुने क्रमले तिव्रता पाएको हो । तत्कालिन गृहमन्त्री सुर्यप्रसाद उपाध्ययले त्यतिबेला एकै पटक १३ वटा चलचित्र घर निर्माण गर्ने अनुमति दिएका थिए । त्यसैक्रममा २०११ असोज २६ गते काठमाडौँ जमलमा श्री हल स्थापना गरियो । २०११ सालमै विश्वज्योती हलको पनि स्थापना भयो ।

गायक भूवन केसी

अभिनेता भूवन केसी चलचित्रमा आउनुपूर्व गायकको रुपमा चर्चित बनेका थिए । उनले शम्भुजित बास्कोटाको संगीतमा थुप्रै गीत गाएका छन् । केसीले रेडियो नेपालमा पहिलोपटक रेकर्ड गराएको गीत ‘जागे सारा रात’ हो । त्यसो त केसीले गाएको ‘मायालु तिमी टाढा’ बोलको गीतको भिडियोलाई नेपालको पहिलो म्यूजिक भिडियो हो । २०४२ सालमा निर्माण भएको यो म्यूजिक भिडियोलाई शम्भुजित बास्कोटाले निर्देशन गरेका थिए ।

झण्डै अष्ट्रेलिया पुगेका प्रदिप

प्रेमगीत र प्रेमगीत २ बाट चर्चित अनि सम्भावित स्टारको सूचिमा परेका प्रदिप खड्काले आफैले निर्माण र अभिनय गरेको पहिलो चलचित्र ‘स्केप’ले भने कुनै चर्चा र सफलता पाउन सकेनन् । पहिलो चलचित्र नचले पछि अष्ट्रेलिया जाने तयारीमा रहेका उनी २०७२ सालको भूकम्पका कारण रोकिएका थिए । त्यसै समयमा उनलाई निर्माता सन्तोष सेनले प्रेमगीतमा अभिनय गर्न प्रस्ताव गरेका थिए । प्रेमगीतबाट चर्चित र सफल बने पछि उनले अष्ट्रेलिया जाने मोहलाई त्यागेका हुन् ।

हिरोइनको न्वारान गर्ने निर्देशक

नेपाली चलचित्र क्षेत्रमा निर्देशक दीपक श्रेष्ठलाई हिरोइनको न्वारान गरिदिने ‘पण्डित बाजे’को रुपमा चिनिन्छ । श्रेष्ठले यमुना उप्रेतीलाई युना, जानकी केसीलाई जिया, अनु ढकाललाई अनुष्का, शारदा पोखरेललाई सिमरन नाम राखिदिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?