नेपाल वायु सेवा निगमको नयाँ जहाज ‘ग्राउन्डेड’

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २८, २०७५
|
|
५३ पटक हेरिएको
Shares
नेपाल वायु सेवा निगमको नयाँ जहाज ‘ग्राउन्डेड’

सारांश

  • नेपाल वायु सेवा निगमको नयाँ जहाज ‘अन्नपूर्ण’ को ब्रेकिङ सिस्टममा समस्या आएपछि ग्राउन्डेड भएको छ।
  • यो जहाज निगमले असारमा भित्र्याएको थियो ।
  • एएआर कर्पोरेसनसँग खरिद गरिएको यो जहाजको ब्रेकिङ सिस्टम बिक्रीकर्ता कम्पनीबाट ल्याइने नेपाल वायु सेवा निगमले जनाएको छ।

नेपाल वायु सेवा निगमको नयाँ जहाज ‘अन्नपूर्ण’ को ब्रेकिङ सिस्टममा समस्या आएपछि ग्राउन्डेड भएको छ। यो जहाज निगमले असारमा भित्र्याएको थियो । एएआर कर्पोरेसनसँग खरिद गरिएको यो जहाजको ब्रेकिङ सिस्टम बिक्रीकर्ता कम्पनीबाट ल्याइने नेपाल वायु सेवा निगमले जनाएको छ। निगमले दिएको जानकारी अनुसार जहाज बन्न कम्तीमा चार /पाँच दिन लाग्छ।

जहाज ग्राउन्डेड भएपछि निगमको ठूलो राजस्व गुम्ने भएको छ। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ऋण लिएर खरिद गरिएको जहाजले केही दिनको व्यवसाय गुमाउँदा पनि निगमलाई ब्याज तिर्ने रकम जोहो गर्न थप कठिनाई हुनेछ। निगमका जहाज बेलाबेलामा ग्राउन्डेड भइरहँदा राष्ट्रिय ध्वजाबहाकको शाखमा धक्का लागेको हो।

अन्तर्राष्ट्रिय उडानमा तीनवटा जहाज रहेको निगमले झण्डै ३० वर्ष पुरानो बोइङ ७५७ मर्मत गर्न मलेसिया पठाएको छ। नयाँ जहाज पनि ग्राउन्डेड भएको छ। आठवटा गन्तव्यमा उडान गरिरहेको निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा एउटामात्र जहाज रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटक पाउँदै मुसिकाेट दरबार !
पर्यटक पाउँदै मुसिकाेट दरबार !
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
नेकपा स्थायी कमिटी बैठक सम्पन्न
नेकपा स्थायी कमिटी बैठक सम्पन्न
पत्रकार खसोगीको हत्यामा संलग्न पाँच साउदी अधिकारीलाई मृत्युदण्ड
पत्रकार खसोगीको हत्यामा संलग्न पाँच साउदी अधिकारीलाई मृत्युदण्ड
हराएको मोबाईल सजिलै भेट्ने तरिका,धाउनु पर्दैन अब  प्रहरीकहाँ
हराएको मोबाईल सजिलै भेट्ने तरिका,धाउनु पर्दैन अब प्रहरीकहाँ
निर्माणाधीन घरमा युवक मृत भेटिए
निर्माणाधीन घरमा युवक मृत भेटिए
रोहित अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यास, क्रिस गेलको रेकर्ड तोडे
रोहित अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यास, क्रिस गेलको रेकर्ड तोडे
बुथ कब्जा भएको भन्दै तामाकोशी र बैत्येश्वरमा एमाले उम्मेदवारले मतदानस्थल छोडे
बुथ कब्जा भएको भन्दै तामाकोशी र बैत्येश्वरमा एमाले उम्मेदवारले मतदानस्थल छोडे
चिनियाँ विदेशमन्त्रीद्वारा आधारहीन आलोचना अस्वीकार
चिनियाँ विदेशमन्त्रीद्वारा आधारहीन आलोचना अस्वीकार
३३ किलो सुन प्रकरणको नालीबेली : सनम मर्नुअघि गोरेले भनेका थिए, ‘डाक्टरले डुबाउने भयो’ !
३३ किलो सुन प्रकरणको नालीबेली : सनम मर्नुअघि गोरेले भनेका थिए, ‘डाक्टरले डुबाउने भयो’ !

तपाईंले छुटाउनुभयो कि?