न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
सारांश
- काठमाडौं ।
- कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तका हत्यारालाई कार्वाहीको माग गर्दै काठमाडौं छिरेका निर्मलाका आमाबाले प्रहरीले नै प्रमाण नष्ट गरेको आरोप लगाएका छन् ।
- प्रहरी नै शंकास्पद देखिएको भन्दै अनुसन्धानको माग समेत गरेका छन् ।
काठमाडौं । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तका हत्यारालाई कार्वाहीको माग गर्दै काठमाडौं छिरेका निर्मलाका आमाबाले प्रहरीले नै प्रमाण नष्ट गरेको आरोप लगाएका छन् । प्रहरी नै शंकास्पद देखिएको भन्दै अनुसन्धानको माग समेत गरेका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलनमा निर्मलाका बुबा यज्ञराज पन्तले प्रहरी सुरुदेखि नै धम्क्याउने र दोषी बचाउने खेलमा मात्र लागेको बताएका छन् । उनले सुरुदेखि प्रमाण नष्ट गर्न खोज्ने प्रहरीमाथि अनुसन्धान गर्नुपर्ने बताएका छन् । ‘अहिलेसम्म दोषी पत्ता नलाग्नुको कारण छोरीको हत्यामा प्रहरी संलग्न भएकाले नै हो,’ उनले भने, ‘कानुन सबैलाई लाग्नुपर्छ, शंकास्पद प्रहरीलाई हिरासत लिएर अनुसन्धान गर्नुपर्छ।’
निर्मलाको हत्या भएको डेड महिना बितिसकेको छ । निर्मलाकी आमा दुर्गादेवीले जिल्लामा दोषी बचाउने खेल भएकाले काठमाडौं आउनुपरेको बताएकी छिन् । न्याय माग्न मंगलबार काठमाडौं आइपुगेका निर्मलाका बाआमाका साथमा कञ्चनपुरका महिला अधिकारकर्मीसमेत छन् । उनीहरूका अनुसार प्रहरीले योजनाबद्ध रूपमै प्रमाणहरू नष्ट गरेको दाबी गरेका छन् ।
‘४८ दिनसम्म मेरी छोरीको हत्यारा पत्ता लागेको छैन। निर्दोषलाई फसाएर दोषी बचाउने प्रहरी नै मेरी छोरीको हत्यामा संलग्न छन्,’ दुर्गादेवीले भनिन्, ‘प्रहरीभित्रका मान्छेलाई हिरासतमा राखेर अनुसन्धान गरेमात्र छोरीको हत्यारा पत्ता लाग्न सक्छ।’
निर्मलाका बुबा यज्ञराज पन्त प्रहरी सुरुदेखि नै धम्क्याउन र दोषी बचाउने खेलमा मात्र लागेको बताउँछन्। ‘अहिलेसम्म दोषी पत्ता नलाग्नुको कारण छोरीको हत्यामा प्रहरी संलग्न भएकाले नै हो,’ उनले भने, ‘कानुन सबैलाई लाग्नुपर्छ, शंकास्पद प्रहरीलाई हिरासत लिएर अनुसन्धान गर्नुपर्छ।’ सुरुदेखि प्रमाण नष्ट गर्न खोज्ने प्रहरीमाथि अनुसन्धान गर्नुपर्ने उनी बताउँछन्।
प्रतिक्रिया