पर्वतीय उडानमा आकर्षण बढ्दो

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक ५, २०७९
|
|
५० पटक हेरिएको
Shares
पर्वतीय उडानमा आकर्षण बढ्दो

सारांश

  • काठमाडौ ।
  • शरद ऋतु पदयात्रा र दृश्यावलोकनका लागि उपयुक्त मौसम मानिन्छ ।
  • मनसुन सकिए पछिको सफा मौसम अनि खुलेको आकाश ।

काठमाडौ । शरद ऋतु पदयात्रा र दृश्यावलोकनका लागि उपयुक्त मौसम मानिन्छ । मनसुन सकिए पछिको सफा मौसम अनि खुलेको आकाश । निलो आकाशमुनि चाँदीका घेरा झैँ टल्किने मनमोहक हिमशृङखलाको दृश्यले जो कोहीलाई लोभ्याउँछ ।

अनुपम प्राकृतिक सुन्दरता भू(धरातलीय स्वरूपको आकर्षणले स्वदेशी तथा विदेशीलाई मोहित तुल्याउँछ । पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ का लागि अहिले उपयुक्त मौसम पनि हो । यो सिजनमा पर्वतीय उडान बढी हुन्छ । पर्यटकीय सिजन चलिरहेको र मौसमले पनि साथ दिएकाले अहिले पर्वतीय उडान उत्साहवद्र्धक रुपमा चलिरहेको एयरलाइन्सले जनाएका छन् ।

निजी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, गुण एयर लगायतले पर्वतीय उडान गर्दै आएका छन् । मौसमले साथ दिएकाले पर्वतीय उडान उत्साहवद्र्धक रुपमा चलिरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । “पर्वतीय उडान ह्वात्तै बढेको छ, तिहारसम्मका लागि राम्रो बुकिङ आइरहेको छ, यो क्रम बढ्ने विश्वासमा छौँ”, उनले भने ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले यो सिजनमा पर्वतीय उडानमा आकर्षण बढेको बताए । उनले भने, “मौसम खुलेसँगै पर्वतीय उडान राम्रो भएको छ । यो सिजनमा धेरै विदेशी घुम्न आउने र जाडो मौसममा बादल कम हुने र निलो आकाशमुनि हिमशृङखला राम्रोसँग देखिने भएकाले पर्वतीय उडानमा आकर्षण बढ्छ ।”

बुद्ध एयरले आज मात्रै चार वटा पर्वतीय उडान गरेको छ । अघिल्लो शनिबार आठ उडान गरेको थियो । यती एयरलाइन्सले दैनिक दुईभन्दा बढी उडान गरिरहेको छ । पर्वतीय उडान हरेक दिन हुन्छ । अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनाका लागि उपयुक्त मौसम हो । बादल खुलेकाले हिमाल स्पष्ट रुपमा देख्न सकिन्छ ।

मौसम खुलेर हिमालमा बादलुको घुम्टो उघ्रिएपछि मनोरम दृश्यले पर्यटकलाई लालायित तुल्याउँछ । हिमाल स्पष्ट देखिने र यो सिजनमा धेरै सङ्ख्यामा विदेशी घुम्न आउने भएकाले पनि एयरलाइन्स, होटल र पदयात्राको विजनेश राम्रो भएको छ ।

पर्यटकीय सिजनमा अहिले गन्तव्य आन्तरिक तथा विदेशी पर्यटकले भरिभराउ रहेको होटल सङ्घ नेपाल ९हान० का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । उनले भने, “यो सिजनमा आन्तरिक पर्यटन एकदमै राम्रो छ, अहिले मौसमले पनि साथ दिएकाले पर्यटनमा सकारात्मक उत्साह थपिएको छ ।”

सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशृङखला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायित हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ । विशेषगरी शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ । सगरमाथासहितका अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न पर्यटक औधी रुचाउँछन् ।

सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्यावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको हो । पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । विदेशी पर्यटक पनि उल्लेख्य सङ्ख्यामा गन्तव्यमा गएका छन् । प्रायः विदेशीका लागि मात्र हुने पर्वतीय उडानमा पछिल्ला वर्षमा नेपाली हिमाल अवलोकन गर्न औधी रुचाएका छन् ।

राजधानी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ बजे पर्वतीय उडान हुने गरेको छ । पर्वतीय उडान करिब एक घण्टाको हुन्छ । विमानस्थलबाट सुरु हुने यो उडानमा सगरमाथा, मकालु, नुप्से, गौरीशङ्करलगायत अन्य हिमशृङखलाको मनोरम दृश्य हेर्न सकिन्छ । अझ पदयात्रा जान नसक्नेका लागि यो गज्जबको अफर भएको व्यवसायी बताउँछन् ।

बुद्ध एयरले पर्वतीय उडानका लागि रु १५ हजार भाडा तोकेको छ । यो मूल्य नेपाली र भारतीयलाई हो । अन्य मुलुकका विदेशी नागरिकलाई दुई सय ३० अमेरिकी डलर कायम गरिएको छ । यती एयरलाइन्सले पनि रु १५ हजारमा पर्वतीय उडान गर्दै आएको छ । अहिले एयरलाइन्सले यात्रुको माग बमोजिम दैनिक पर्वतीय उडान सञ्चालन गर्दै आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार अहिले मौसमले पनि साथ दिएकाले पर्वतीय उडानमा आकर्षण बढेको छ । पर्वतीय उडान दैनिकरूपमा सञ्चालन हुँदै आएको छ । यो विमानस्थल भएर अहिले ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले आन्तरिक उडान भर्दै आएका छन् । दैनिक दुईतर्फ सरदर १८० उडानमार्फत झण्डै १३ हजार यात्रु आवतजावत गरिरहेको विमानस्थलले जनाएको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा कोरोनाभाइरसबाट एकैदिन २,००० भन्दा बढीको मृत्यु
अमेरिकामा कोरोनाभाइरसबाट एकैदिन २,००० भन्दा बढीको मृत्यु
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक विहिबार नै पास गर्ने तयारी
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक विहिबार नै पास गर्ने तयारी
फराकिलो मतअन्तरले लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णहरी भण्डारी विजयी.
फराकिलो मतअन्तरले लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णहरी भण्डारी विजयी.
प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै
प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै
मैले जे कुरा भन्नुछ तपाईले भन्दा हुन्छ भनेर केपीजीलाई सहमति दिएकै थिए : प्रचण्ड
मैले जे कुरा भन्नुछ तपाईले भन्दा हुन्छ भनेर केपीजीलाई सहमति दिएकै थिए : प्रचण्ड
डा.केसीले दिए गगनलाई जितको शुभकामना
डा.केसीले दिए गगनलाई जितको शुभकामना
युवा नेताहरुले टिकट नपाउने भएपछि कांग्रेसमा बबण्डर
युवा नेताहरुले टिकट नपाउने भएपछि कांग्रेसमा बबण्डर
रंगशालमा भागदौड, दुईजनाको मृत्यु, खेल रोकिएन
रंगशालमा भागदौड, दुईजनाको मृत्यु, खेल रोकिएन
भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा महिला निर्वाचित
भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा महिला निर्वाचित

तपाईंले छुटाउनुभयो कि?