पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याइने

सारांश

  • वीरगञ्ज, ६ वैशाख , सरकारको विद्यालय भर्ना कार्यक्रमअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माविमा १५ बालबालिकालाई विद्यालय भर्ना गराउनुभएको छ ।
  • शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख बरखुप्रसाद रजकले जिल्लामा सात हजार ५९२ बालबालिका मात्रै विद्यालय बाहिर रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
  • उहाँका अनुसार पर्सा जिल्लामा ११ हजार २११ जना बालबालिका विद्यालय बाहिर रहेकामा तीन हजार ७११ जना बालबालिका जिल्लामा विभिन्न गैरसरकारी संस्थाद्वारा सञ्चालित कार्यक्रममार्फत विद्यालयमा भर्ना भएकाले सात हजार ५९२ बालबालिकालाई विद्यालयसम्म ल्याउने चुनौती बाँकी छ ।

वीरगञ्ज, ६ वैशाख , सरकारको विद्यालय भर्ना कार्यक्रमअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माविमा १५ बालबालिकालाई विद्यालय भर्ना गराउनुभएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख बरखुप्रसाद रजकले जिल्लामा सात हजार ५९२ बालबालिका मात्रै विद्यालय बाहिर रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

उहाँका अनुसार पर्सा जिल्लामा ११ हजार २११ जना बालबालिका विद्यालय बाहिर रहेकामा तीन हजार ७११ जना बालबालिका जिल्लामा विभिन्न गैरसरकारी संस्थाद्वारा सञ्चालित कार्यक्रममार्फत विद्यालयमा भर्ना भएकाले सात हजार ५९२ बालबालिकालाई विद्यालयसम्म ल्याउने चुनौती बाँकी छ ।

क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलका क्षेत्रीय निर्देशक दिनेशकुमार श्रेष्ठले भने पर्सामा २१ हजार ५१४ जना आधारभूत तहका बालबालिका विद्यालय बाहिर रहेको जानकारी गराउनुभयो ।

सो अवसरमा मन्त्री पोखरेलले पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याइने बताउँदै आजसम्म सात प्रतिशत मात्रै प्राविधिक शिक्षा पढाइ हुँदै आएकामा अब सरकारले ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत सामान्य शिक्षा प्रदान गर्ने तयारी भएको जानकारी दिनुभयो ।

उहाँले २०२८ सालको शिक्षा नीतिलाई चाँडै अन्त्य गरेर नयाँ नीति ल्याइने बताउँदै बालबालिकाको जीवन देशको जीवनसँग जोडिएकाले लापरबाही नगर्न शिक्षकलाई चेतावनी दिनुभयो । प्रदेश नं २ को सिरहाबाट भर्ना अभियान शुरु गर्दै मन्त्री पोखरेल सप्तरी, धनुषा हुँदै पर्सा आउनुभएको हो । उहाँले प्रदेश नं २ का सबै जिल्लामा पुगेर भर्ना अभियान शुरु गर्ने लक्ष्य लिइएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
गायक विश्व आरकेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक (भिडियो)
गायक विश्व आरकेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक (भिडियो)
समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति
समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति
परराष्ट मन्त्री ज्ञवालीले गरे क्रिकेट खेलाडीलाई बिदाई
परराष्ट मन्त्री ज्ञवालीले गरे क्रिकेट खेलाडीलाई बिदाई
अाेमानकाे ५० रन पुरा, १५ अाेभरकाे खेल सकिँदा दुवै टाेलि समान अवस्थामा
अाेमानकाे ५० रन पुरा, १५ अाेभरकाे खेल सकिँदा दुवै टाेलि समान अवस्थामा
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
दोलखाको बैतेश्वर-७ मा माओवादी र एमालेबीच कडा टक्कर
दोलखाको बैतेश्वर-७ मा माओवादी र एमालेबीच कडा टक्कर
सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय मंसिर २१ गते अर्को मिति तय;
सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय मंसिर २१ गते अर्को मिति तय;
आज हरिबोधिनी एकादशी, तुलसीको विशेष पूजा गरी मनाइँदै
आज हरिबोधिनी एकादशी, तुलसीको विशेष पूजा गरी मनाइँदै
जनयुद्ध दिवसको मूल्य र परिवर्तनको आकांक्षा
जनयुद्ध दिवसको मूल्य र परिवर्तनको आकांक्षा