पाँच लाख नगदसहित १३ जुवाडे पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १७, २०७५
|
|
३८ पटक हेरिएको
Shares
पाँच लाख नगदसहित १३ जुवाडे पक्राउ

सारांश

  • काठमाडौं, १७ मंसिर ।
  • काठमाडौँ जोरपाटीको नयाँबस्तीबाट गएराति जुवाखालबाट १३ जना पक्राउ परेका छन् ।
  • जुवा खेलिरहेको अवस्थामा पाँच लाख ३१ हजार नगदसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं, १७ मंसिर । काठमाडौँ जोरपाटीको नयाँबस्तीबाट गएराति जुवाखालबाट १३ जना पक्राउ परेका छन् । जुवा खेलिरहेको अवस्थामा पाँच लाख ३१ हजार नगदसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दसहित सादा पोसाकमा खटेको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ स्थित राम कार्कीले सञ्चालन गरेको पूर्वेली गेष्ट हाउसबाट उनीहरुलाई १६ थान कौडासहित पक्राउ गरेको हो ।

जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले राती १२ बजे धादिङ घर भई काठमाडौँमा होटल सञ्चालन गर्दै आएका ३६ वर्षीय राम कार्कीसहित १३ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बाराका ४२ वर्षीय राजकुमार तिवारी, काभ्रेका ३४ वर्षीय केशव नेपाल, उदयपुरका ३० वर्षीय मानबहादुर मगर, सिन्धुपाल्चोकका ३६ वर्षीय विशाल सुनार सहित १३ जना रहेका छन् ।पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको र कानूनअनुसार मुद्दा चलाइने प्रहरीले जानएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश !
राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश !
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय
स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मतदान
स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मतदान
खानेपानी मन्त्री बिनाको निर्देशनमा बाढीप्रभावित टोलटोलमा पुग्यो स्वच्छ खानेपानी
खानेपानी मन्त्री बिनाको निर्देशनमा बाढीप्रभावित टोलटोलमा पुग्यो स्वच्छ खानेपानी
विश्वकप फुटबल २०२६ को उद्घाटन खेल र समाराेह मेक्सिकोमा हुने
विश्वकप फुटबल २०२६ को उद्घाटन खेल र समाराेह मेक्सिकोमा हुने
सुबास नेम्वाङमा सहमति नभए शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउने ओलीको रणनीति
सुबास नेम्वाङमा सहमति नभए शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउने ओलीको रणनीति
मनाेरञ्जन समाचार : १ क्विन्टल मोटी अभिनेत्री कसरी भइन् स्लीम?
मनाेरञ्जन समाचार : १ क्विन्टल मोटी अभिनेत्री कसरी भइन् स्लीम?
फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
सगरमाथाको नयाँ उचाइ एक वर्षभित्रै
सगरमाथाको नयाँ उचाइ एक वर्षभित्रै
राष्ट्रपति चयनका लागि मतदान समाप्त, ४ बजेदेखि मतगणना
राष्ट्रपति चयनका लागि मतदान समाप्त, ४ बजेदेखि मतगणना