‘पावर सेयरिङ’ बन्यो एकता प्रक्रियामा गतिरोध

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टी बनेपछि पावर सेयरिङ कसरी गर्ने भन्ने विषयमा सहमति नजुट्दा एकता प्रक्रियामा गतिरोध देखिएको छ ।
  • दुवै दलका शीर्ष नेताहरुले पार्टी एकीकरण प्रक्रियाबाट कुनै हालतमा पछि फर्किने अवस्था नरहेको दाबी पटक पटक गर्दै आए पनि नयाँ पार्टीमा अधिकार बाँडफाँटका विषयमा कुरा नमिल्दा एकता प्रक्रिया अघि बढ्न नसकेको हो ।
  • दुई दलबीच एकीकृत पार्टीको संरचनामा प्रतिनिधित्व कार्यकारी अधिकार बाँडफाँटका विषयमा सहमति जुट्न सकेको छैन ।

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टी बनेपछि पावर सेयरिङ कसरी गर्ने भन्ने विषयमा सहमति नजुट्दा एकता प्रक्रियामा गतिरोध देखिएको छ ।

दुवै दलका शीर्ष नेताहरुले पार्टी एकीकरण प्रक्रियाबाट कुनै हालतमा पछि फर्किने अवस्था नरहेको दाबी पटक पटक गर्दै आए पनि नयाँ पार्टीमा अधिकार बाँडफाँटका विषयमा कुरा नमिल्दा एकता प्रक्रिया अघि बढ्न नसकेको हो ।

दुई दलबीच एकीकृत पार्टीको संरचनामा प्रतिनिधित्व कार्यकारी अधिकार बाँडफाँटका विषयमा सहमति जुट्न सकेको छैन ।

एकीकृत पार्टीमा दुई अध्यक्ष हुनेमा दुवै दलबीच लिखित सहमति भए पनि उनीहरुको अधिकार क्षेत्रबारे सहमति जुट्न नसकेको हो ।

एकीकृत पार्टीमा प्रतिनिधित्वको अनुपातमा दुई दलबीच सहमति नहुँदा एकता प्रक्रिया जटिल बन्न पुगेको छ ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?