पिसाब गर्न गएकी १४ वर्षीया किशोरी बलात्कृत

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन ५, २०७४
|
१
|
६१ पटक हेरिएको
Shares
पिसाब गर्न गएकी १४ वर्षीया किशोरी बलात्कृत

सारांश

  • सिरहा, फागुन ५ ।
  • घर नजिकैको बारीमा पिसाब गर्न गएकी एक किशोरी बलात्कृत भएकी छिन् ।
  • सिरहाको गोलबजार नगरपालिका– ९ की १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी आरोपमा मिर्चैया नगरपालिका– ९ ढोडनाका २५ वर्षीय दिपककुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

सिरहा, फागुन ५ । घर नजिकैको बारीमा पिसाब गर्न गएकी एक किशोरी बलात्कृत भएकी छिन् ।

सिरहाको गोलबजार नगरपालिका– ९ की १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी आरोपमा मिर्चैया नगरपालिका– ९ ढोडनाका २५ वर्षीय दिपककुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार बेलुका मिर्चैया नगरपालिका –९ ढोडनाका २५ दिपक कुमार मण्डल र १९ वर्षिय श्यामकुमार महराले लछारपच्छार गरी मुख छोपेर जबरजस्ती करणी गरिरहेको बेला हल्लाखल्ला भएपछि स्थानीयले पक्राउ गरी मण्डललाई प्रहरीमा बुझाएका हुन् । महरा भने फरार भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मण्डललाई जवरजस्ती करणीको मुद्दा दर्ता गराइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले जानकारी दिए । फरार महराको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bhagwan Sah

    2no pardes ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?