प्रचण्डलाई २० हजार मत अन्तरले जिताएर देखाउँछौंः बद्री तिमिल्सिना

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १९, २०७४
|
|
३९ पटक हेरिएको
Shares
प्रचण्डलाई २० हजार मत अन्तरले जिताएर देखाउँछौंः बद्री तिमिल्सिना

सारांश

  • राप्रपा प्रजातान्त्रिकबाट माओवादी केन्द्रमा प्रवेश गरेका बद्री तिमिल्सिनाले माओवादी अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाट २० हजार मत अन्तरले जिताएर देखाउने दाबी गरेका छन् ।
  • आइतबार चितवनको चनौलीमा आयोजित चुनावी सभामा बोल्दै तिमिल्सिनाले आफू माओवादी केन्द्रमा प्रवेश गरेपछि राप्रपाको कार्यालयमा ताल्चा लागेको समेत बताए ।
  • प्रचण्डले जिते मात्रै चितवनको मुहार फेरिने भन्दै उनले ठेकेदारले चितवनको विकास गर्छ भन्ने कल्पना नगर्न आग्रह गरे ।

राप्रपा प्रजातान्त्रिकबाट माओवादी केन्द्रमा प्रवेश गरेका बद्री तिमिल्सिनाले माओवादी अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाट २० हजार मत अन्तरले जिताएर देखाउने दाबी गरेका छन् ।

आइतबार चितवनको चनौलीमा आयोजित चुनावी सभामा बोल्दै तिमिल्सिनाले आफू माओवादी केन्द्रमा प्रवेश गरेपछि राप्रपाको कार्यालयमा ताल्चा लागेको समेत बताए । प्रचण्डले जिते मात्रै चितवनको मुहार फेरिने भन्दै उनले ठेकेदारले चितवनको विकास गर्छ भन्ने कल्पना नगर्न आग्रह गरे । ‘हिजोसम्म म राप्रपामा थिएँ, अघिल्लोपटक बिक्रम पाण्डेलाई जिताएँ’, उनले भने, ‘यसपटक प्रचण्डलाई जिताएर चितवनको मुहार फेरिएको हेर्न चाहन्छु।’

कार्यक्रममा एमाले नेता देवी ज्ञवालीले कम्युनिष्टहरुको एउटै केन्द्र बनाउने आफ्नो अधुरो सपना ओली र प्रचण्डले पूरा गर्न लागेकाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?