प्रचण्ड र माधव नेपाललाई चुनावको सामना गर्न प्रधानमन्त्री ओलीको चुनौती

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ६, २०७७
|
|
५१ पटक हेरिएको
Shares
प्रचण्ड र माधव नेपाललाई चुनावको सामना गर्न प्रधानमन्त्री ओलीको चुनौती

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई चुनावको सामना गर्न चुनौती दिएका छन् ।
  • उनले आज देशवासीका नाममा सम्बोधन गर्दै प्रचण्ड र नेपालतर्फ संकेत गर्दै प्रधानमन्त्री बन्न व्यग्र भएकाहरुले चुनावको सामना गर्नुपर्ने बताएका हुन् ।
  • कतिपय नेताहरुले पार्टीले बहुमत ल्याउँदा यो केपी ओलीका कारणले होइन भन्नुभयो, आज देशवासीका नाममा सम्बोधन गर्दै ओलीले प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै भने, चुनाव उहाँहरुको क्षमता मापनको पनि अवसर छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई चुनावको सामना गर्न चुनौती दिएका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै प्रचण्ड र नेपालतर्फ संकेत गर्दै प्रधानमन्त्री बन्न व्यग्र भएकाहरुले चुनावको सामना गर्नुपर्ने बताएका हुन् ।

कतिपय नेताहरुले पार्टीले बहुमत ल्याउँदा यो केपी ओलीका कारणले होइन भन्नुभयो, आज देशवासीका नाममा सम्बोधन गर्दै ओलीले प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै भने, चुनाव उहाँहरुको क्षमता मापनको पनि अवसर छ । प्रचण्ड र माधव नेपालको नाम उल्लेख नगरेपनि उनले पटक पटक दुवै नेताको अभिव्यक्ति समेत उल्लेख गरेर आलोचना गरे । उनले भने,‘ प्रधानमन्त्री बन्न व्यग्र रहनुभएकालाई पनि ताजा जनादेशमा जाने अवसर आएको छ ।’

सरकारविरुद्ध घेराबन्दी गरेको भन्दै देश र विदेशमा गएर अस्थिरता फैलाउने कार्य गरेको आरोप लगाए । प्रचण्डको नाम उल्लेख नगरी विदेशमा पुगेर अस्थिरता फैलाउने कार्य गरेको आरोप लगााए । माधव नेपालतर्फ संकेत गर्दै आफू विदेश यात्रामा जाँदा देश डुब्न लाग्यो भन्दै माझी गुहारेको बताए । उनले भने, ‘एक नेताले विदेशमा गएर अस्थिरताको वीजारोपण गर्नुभयो, अर्का नेताले म विदेशयात्रामा हुँदा देश डुब्न लाग्यो बचाउनुपर्यो भन्दै माझी गुहार्नुभयो ।’

ओलीले सम्बोधनको अधिकांश समय प्रचण्ड र माधव नेपालको आलोचनामा समय खर्चिएका थिए । उनले आफूविरुद्ध दाउपेच र षड्यन्त्र गरिएको आरोप समेत लगाए । देशलाई अस्थिरतामा फसाउन लागेको ओलीको आरोप थियो । उनले भने,‘सत्तापक्षकै साथीहरु प्रतिपक्षभन्दा बढी आक्रामक र षड्यन्त्रका गतिविधिहरुमा लाग्नुभयो ।’

सरकार र पार्टी संचालनमा निरन्तर बाधा उत्पन्न भएपछि चुनावमा जान वाध्य भएको बताए । उनले भने, ‘यो मेरो रुची वा छनोटको विषय थिएन । मुलुकलाई अर्कमण्यतामा राख्नु हुन्नथिएन । संसदलाई केही नेताहरुको बन्धक बनाइराख्न नहुने अवस्था थियो ।’ उनले तीता कुरा बिर्सेर एकतावद्ध भई निर्वाचनमा जान आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन १ गते विहिबारको राशिफल यस्तो छ
फागुन १ गते विहिबारको राशिफल यस्तो छ
एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय
एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय
पत्रकार महासंघको प्रदेश समिति निर्वाचनका लागि कार्यालय स्थापना
पत्रकार महासंघको प्रदेश समिति निर्वाचनका लागि कार्यालय स्थापना
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
संसदमा बलियो प्रतिपक्ष बन्नका लागि शशांक कोइरालालाई संसदीय दलको नेता बनाउने विषयमा छलफल सुरु
संसदमा बलियो प्रतिपक्ष बन्नका लागि शशांक कोइरालालाई संसदीय दलको नेता बनाउने विषयमा छलफल सुरु
वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागीर
वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागीर
बेलायतका ६ सांसद ६ दिने नेपाल भ्रमणमा, यस्तो छ भेटघाटको तालिका
बेलायतका ६ सांसद ६ दिने नेपाल भ्रमणमा, यस्तो छ भेटघाटको तालिका
शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो- प्रधानमन्त्री ओली
शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो- प्रधानमन्त्री ओली
एमाले-माओवादी एकता प्रक्रिया पर धकेलियो
एमाले-माओवादी एकता प्रक्रिया पर धकेलियो
भिमफेदि गाईजको डान्समा रेशमी पर्दा (हेर्नुहोस भिडीयो)
भिमफेदि गाईजको डान्समा रेशमी पर्दा (हेर्नुहोस भिडीयो)

तपाईंले छुटाउनुभयो कि?