प्रदेश नम्बर ५ का १२ मध्ये ६ जिल्लामा कांग्रेस निल !

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २५, २०७४
|
|
४१ पटक हेरिएको
Shares
प्रदेश नम्बर ५ का १२ मध्ये ६ जिल्लामा कांग्रेस निल !

सारांश

  • काठमाडौं, मंसिर २३ – संघीय संविधानपछिको पहिलो संसदीय चुनावमा नेपाली कांग्रेस निकै पछाडि पर्‍यो ।
  • प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस तेस्रो दल हुने देखिएको छ ।
  • प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले बढीमा २१ सिट भन्दा धेरै नजित्ने पक्कापक्की जस्तै भएको छ ।

काठमाडौं, मंसिर २३ – संघीय संविधानपछिको पहिलो संसदीय चुनावमा नेपाली कांग्रेस निकै पछाडि पर्‍यो । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस तेस्रो दल हुने देखिएको छ । प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले बढीमा २१ सिट भन्दा धेरै नजित्ने पक्कापक्की जस्तै भएको छ । मतगणना भैरहेका ठाउँमा चमत्कार भएन भने कांग्रेसका उम्मेदवार विजयी हुने सम्भावना छैन ।

७ वटै प्रदेशमा जस्तै प्रदेश नम्बर ५ मा पनि नेपाली कांगे्रसले राम्रो नतिजा निकाल्न सकेन । तर प्रदेश नम्बर १, ३, ४, ६ र ७ मा जस्तो कांग्रेस ५ नम्बर प्रदेशमा निरिह हुनुपरेन । बरु नेकपा एमालेका उपाध्यक्षलाई हराएर कांग्रेसले प्रदेश नम्बर ५ मा कांग्रेस बलियो रहेको संकेत दियो ।

१२ जिल्लाका २६ निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर ५ मा कांग्रेसले ५ वटा सिट जितेको छ । रुपन्देहीका ५ क्षेत्रमध्य २ क्षेत्र जितेर कांग्रेसले बलियो साबित गर्‍यो । त्यस्तै नवरपरासी पश्चिम, कपिलवस्तु र बर्दियामा पनि कांग्रेसले सिट जित्यो ।

बर्दिया १ मा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई कांग्रेसका सञ्जयकुमार गौतमले ७ सय ५३ मतले पराजित गर्नुभयो । कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप साहले ४ हजार भन्दा धेरै मतान्तरले फोरमका मंगलप्रसाद गुप्तालाई हराउनुभयो ।

नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ मा कांग्रेसका देवेन्द्रराज कँडेलले माओवादीका घनश्याम यादव अहिरलाई झण्डै ११ हजार मतान्तरले हराउनुभयो । रुपन्देही ४ मा कांग्रेसका प्रमोदकुमार यादवले राजपाका सर्वेन्द्र्रनाथ शुक्ल भन्दा ११ हजार धेरै मत ल्याएर विजयी हुनुभयो । यस्तै रुपन्देहीकै क्षेत्र नम्बर ५ कांग्रेसका भरतकुमार साहले माओवादीका डिलाराम आचार्यले भन्दा धेरै १३ हजार धेरै मत ल्याएर विजयी हुनुभयो ।

प्रदेशसभापका ५२ मध्य कांग्रेसलाई ७ सिट

५ नम्बर प्रदेशका प्रदेशसभाका ५२ सिटमध्ये नेपाली कांग्रेसले ७ वटा सिट जितेको छ । प्रतिनिधिसभा सदस्य जितेको बर्दियामा कांग्रेसले प्रदेशसभामा भने जित हात पार्न सकेन । कांग्रेसले ५२ प्रदेशसभामा ७ वटा जितेर प्रदेश नम्बर ५ मा आफ्नो केही न केही उपस्थिति देखाएको छ ।

बाँकेको क्षेत्र नम्बर २ को ख मा कांग्रेसका सुरेन्द्र हमाल विजयी हुनुभयो ।

दाङको क्षेत्र नम्बर ३ क मा कांग्रेसका डिल्ली चौधरी विजयी हुनुभयो ।

कपिलवस्तु ३ को ख मा कांग्रेसका बीरेन्द्रकुमार कनोडिया विजयी हुनुभयो ।

नवलपरासी पश्चिमको २ ख मा कांग्रेसका बैजनाथ कलवार विजयी हुनुभयो ।

रुपन्देहीको ४ क मा अष्टभुज पाठक विजयी हुनुभयो ।

रुपन्देहीको ४ ख मा बसिउद्दिन खाँन विजयी हुनुभयो ।

रुपन्देहीको ५ ख मा फकरुद्दिन खाँन विजयी हुनुभयो ।

प्रदेश नम्बर ५ का ६ जिल्लामा कांग्रेस निल

प्रदेश नम्बर ५ का १२ जिल्लमध्ये ६ जिल्लामा कांग्रेस निल भयो । ६ वटा जिल्लामा कांग्रेसले न प्रतिनिधिसभामा जित्यो न त प्रदेशसभामा नै ।

कांग्रेस निल भएका जिल्ला :

पूर्वी रुकुमको एउटा प्रतिनिधिसभा र २ वटा प्रदेशसभामा
रोल्पाको एउटा प्रतिनिधिसभा र २ वटा प्रदेशसभा
प्यूठानको एउटा प्रतिनिधिसभा र २ वटा प्रदेशसभा
गुल्मीका २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा
पाल्पाका २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा

अर्घाखाँचीको एउटा प्रतिनिधिसभा र २ वटा प्रदेशसभाको अन्तिम नतिजा सार्वजनिक भैसकेको छैन तर प्रारम्भिक मतपरिणामले अर्घाखाँचीमा पनि कांग्रेसले जित्ने संकेत छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्यानचेस्टर युनाइटेडबाट प्रशिक्षक मोउरिन्होलाई बिदाई
म्यानचेस्टर युनाइटेडबाट प्रशिक्षक मोउरिन्होलाई बिदाई
नेता केसी भन्छन् : सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैन
नेता केसी भन्छन् : सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैन
बलात्कारको आरोप लागेको एसएसपी राणाद्वारा आत्मसमपर्ण
बलात्कारको आरोप लागेको एसएसपी राणाद्वारा आत्मसमपर्ण
सुरक्षा चेक जाँचमा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन
सुरक्षा चेक जाँचमा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन
एकै दिन २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, आइतबार सकिँदै
एकै दिन २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, आइतबार सकिँदै
आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एसिया छनोट : नेपालद्वारा चीन ५० रनले पराजित
आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एसिया छनोट : नेपालद्वारा चीन ५० रनले पराजित
कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
सरकार छाड्ने समाजवादी पार्टीको निर्णय
सरकार छाड्ने समाजवादी पार्टीको निर्णय
जीवनभर एउटा कोट लगाउने ‘सर्वहारा’ चन्द्रदेवमाथि अख्तियारको आरोप हाँस्यास्पद(डा. सुरेन्द्र केसी)
जीवनभर एउटा कोट लगाउने ‘सर्वहारा’ चन्द्रदेवमाथि अख्तियारको आरोप हाँस्यास्पद(डा. सुरेन्द्र केसी)
प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता