प्रदेश १ को नाम किरात प्रदेश हुने:मन्त्री आङबो

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
प्रदेश १ को नाम किरात प्रदेश हुने:मन्त्री आङबो

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

बिराटनगर साउन,२६ । प्रदेश १ को नाम किरात प्रदेश हुने प्रदेश १ का आर्थिक मामिला तथा बिकास मन्त्री ईन्द्रबहादुर आङबोले बताएका छन ।जातिय पहिचानका आधारमा प्रदेशको नाम रहने उनले बताए।

मोरङको बेलबारीमा आदिबासी जनजाति समुदायले “अधिकार,प्रतिनिधित्व,स्वायत्तता र स्वशासनका लागि आदिवासी जनजातिको अडान ,मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान”भन्ने मुल नाराको साथ आयोजना गरेको कार्यक्रममा उनले सहमति जुटन बाँकी रहेपनि सो नाम उपयुत्त हुने बताए।नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष किरण सुनुवार लगायतले आफना धारणा राखेका थिय ।

शनिबार बेलबारी १ मा रहेको नेपाल तमु बुद्धिष्ट गुम्बामा आयोजित कार्यक्रममा आदिबासी जनजातिहरुको हकहितका लागी आवाज उठाउनु पर्ने र अघि बढनुपर्ने र बर्तमान संबिधान संशोधन गर्नुपर्ने समेत बताए। कार्यक्रमको सुरुमा बिभिन्न जातजातिका भेषभुषामा सजिएका आदिबासी जनजाति समुदायले -याली समेत निकाली  बेलबारी बजार समेत परिक्रमा समेत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय कलाकार पार्बती राई,सरला राई,तथा स्थानीय कलाकारहरुले समेत प्रस्तुति देखाएका थिय।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?