प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ १०, २०८१
|
|
५९ पटक हेरिएको
Shares
प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन्।
  • सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो।

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुशी व्यक्त गरे। उनले नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक रहेको बताएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिए।

उपविदेशमन्त्री सुनले सन् २०२५ मा नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको जानकारी गराए। उनले नेपालको आर्थिक-सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उपविदेशमन्त्री सुन नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा भाग लिन आज नेपाल आएका हुन्। भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो भने चीनका तर्फबाट नेपालस्थित चिनियाँ राजदूत छेन सङलगायतका उच्च अधिकारी सहभागी थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनतासँग गरिएका वाचा पूरा हुन्छ : मन्त्री अधिकारी
जनतासँग गरिएका वाचा पूरा हुन्छ : मन्त्री अधिकारी
विश्वकप फुटबल २०१८: मेस्सीले कप्तानको आर्मब्याण्ड उतार्दै गर्दा उदायका १९ वर्षीय युवा स्टार
विश्वकप फुटबल २०१८: मेस्सीले कप्तानको आर्मब्याण्ड उतार्दै गर्दा उदायका १९ वर्षीय युवा स्टार
सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा
सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा
सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालाबन्दी
सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालाबन्दी
बेलायती रक्षामन्त्री र प्रचण्डबीच भेटघाट
बेलायती रक्षामन्त्री र प्रचण्डबीच भेटघाट
अाफु लडेकाे चुनाव रद्द गर्न माग गर्दै राष्ट्रपति अदालतमा
अाफु लडेकाे चुनाव रद्द गर्न माग गर्दै राष्ट्रपति अदालतमा
सडक विस्तारको विरोधमा आज उपत्यका बन्दको आह्वान…
सडक विस्तारको विरोधमा आज उपत्यका बन्दको आह्वान…
नेप्सेमा दोहोरो सुधार, अधिकांश कम्पनीको सेयर मूल्य बढ्यो
नेप्सेमा दोहोरो सुधार, अधिकांश कम्पनीको सेयर मूल्य बढ्यो
सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले के-के भने ? (पूर्णपाठ)
सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले के-के भने ? (पूर्णपाठ)
बाढी पीडितलाई सहयोग गर्न रेणु दाहालको यस्तो अपिल
बाढी पीडितलाई सहयोग गर्न रेणु दाहालको यस्तो अपिल

तपाईंले छुटाउनुभयो कि?