प्रधानमन्त्री देउवा भारत प्रस्थान

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १८, २०७८
|
|
३३ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवा भारत प्रस्थान

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा त्यसतर्फ प्रस्थान गरेका छन्।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ गएका हुन्।

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा त्यसतर्फ प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ गएका हुन्।
प्रस्थान गर्नुअघि उनलाई गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा विधाई गरेका थिए। प्रधानमन्त्री देउवासँग आज ४ः४५ बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले नयाँदिल्लीस्थित होटल आइटीसीमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
शनिबार स्थानीय समय अनुसार विहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्।
मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ। बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ।
शनिबार नै दिउँसो ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्। प्रधानमन्त्री देउवा आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट ४ः१५ बजे स्वदेश फर्कनेछन्। [image: 277417634_944122106286545_7428675636985781450_n.jpg.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
भारतीय राजदूत पुरीलाई होटलको गेटमा कस्ले गर्यो हमला
भारतीय राजदूत पुरीलाई होटलको गेटमा कस्ले गर्यो हमला
एसियाकै ठूलो हेयर एकेडेमी सञ्चालनमा ल्याउँदै निल डेभिड
एसियाकै ठूलो हेयर एकेडेमी सञ्चालनमा ल्याउँदै निल डेभिड
नेपाल बौद्ध संघले गर्यो विश्व शान्ति पूजा
नेपाल बौद्ध संघले गर्यो विश्व शान्ति पूजा
अवार्डको प्रलोभन देखाउँदै महिला कलाकारमाथि आयोजक संस्थाका महासचिवको गिद्दे नजर
अवार्डको प्रलोभन देखाउँदै महिला कलाकारमाथि आयोजक संस्थाका महासचिवको गिद्दे नजर
पहिराले महाकाली राजमार्ग अवरुद्ध
पहिराले महाकाली राजमार्ग अवरुद्ध
चार दिनपछि जसपाका मन्त्रीको राजीनामा स्वीकृत
चार दिनपछि जसपाका मन्त्रीको राजीनामा स्वीकृत
असार २४ गते मंगलबारको राशीफल यस्तो छ
पुर्वी नेपालमा ‘डिजिटलाइजेशन’काे नाममा ठगि धन्दा,  सरकारलाइ ठाडाे चुनाैती !
पुर्वी नेपालमा ‘डिजिटलाइजेशन’काे नाममा ठगि धन्दा, सरकारलाइ ठाडाे चुनाैती !
“एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ”, राष्ट्रपति
“एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ”, राष्ट्रपति

तपाईंले छुटाउनुभयो कि?