प्रधानमन्त्री स्वदेश फर्किनै बित्तिकै सेनापति थापा चीनतर्फ, के गर्ने छन् चीनमा ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ १, २०७६
|
|
५२ पटक हेरिएको
Shares
प्रधानमन्त्री स्वदेश फर्किनै बित्तिकै सेनापति थापा चीनतर्फ, के गर्ने छन् चीनमा ?

सारांश

  • प्रधानसेनापति पूर्णचन्द्र थापा चीन भ्रमणमा निस्किएका छन् ।
  • आइतबार अपरान्ह थापा चीनतर्फ प्रस्थान गरेका हुन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी यूरोप भ्रमणबाट फर्किएकै दिन प्रधानसेनापति चीन भ्रमणमा निस्किएका हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापा चीन भ्रमणमा निस्किएका छन् । आइतबार अपरान्ह थापा चीनतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी यूरोप भ्रमणबाट फर्किएकै दिन प्रधानसेनापति चीन भ्रमणमा निस्किएका हुन् । एक साता लामो भ्रमणमा निस्किएका थापाले उच्च सैनिक अधिकारीसँग भेट गर्नेछन् । चीनले नेपालसँग सैन्य तहमा सम्बन्ध बढाउँदै लगेको छ । चिनियाँ सैन्य अधिकारीहरुको आवत्जावत् बाक्लिएको छ । थापाकै कार्यकालको शुरुमै नेपाल र चीनबीच सैन्य अभ्यास भएको थियो । यसले अन्तर्रा्ष्ट्रिय चर्चा पाएको थियो । विदेश भ्रमणमा प्रधानसेनापति थापाको दोस्रो गन्तव्य चीन भएको छ । प्रधानसेनापति भएपछि पहिलो भ्रमणका लागि भारत पुगेका थिए । उनले भारतीय सेनापतिको मानार्थ प्रधानसेनापतिको सम्मान लिएका थिए । जुन नेपाल भारतबीचको सैन्य परम्परा मानिएको छ ।

भारतपछि हरेक प्रधानसेनापति चीन जाने प्रचलन रहँदै आएको छ । थापाले पनि यसलाई निरन्तरता दिए । चीन भ्रमणका क्रममा सेनापतिले चीनका विभिन्न सैनिक संरचनाको भ्रमण गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उनले उच्चस्तरीय पदधिकारीसँग भेटघाट गर्नुका साथै ऐतिहासिक स्थलहरुको भ्रमण समेत गर्ने तय भएको छ ।

उच्चस्तरीय पदाधिकारीबारे केही नखुलाइएपनि प्रधानसेनापति थापाले चिनियाँ जनमुक्ति सेनाका प्रमुख ली जुओचेङसँग महत्वपूर्ण भेट गर्नेछन् । यसबाहेक चिनियाँ रक्षा मामला हेर्ने उच्च अधिकारीसँग पनि थापाको भेट हुनेछ । उनले उच्च राजनीतिक भेट पाउने नपाउने निश्चित नभएपनि त्यसको सम्भावना रहेको सैनिक स्रोतले बताएको छ ।

चीन जानुअघि विमानस्थलमा प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले बिदाई गरेका थिए । चीनका राजदूत, नेपाली सेनाका उच्च अधिकारी विमानस्थलमा बिदाइका लागि पुगेका थिए ।

नेपाली सेनाले उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहाद्रपूर्ण सम्बन्धको सार्थ द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

यसैगरी प्रधानसेनापतिको भ्रमण अवधिभर बलाधिकृत रथी शरदकुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।

यो पनि पढ्नुस्
सागा दावा के हो ?

सागादावा अर्थात् जेष्ठ शुक्लपक्ष तिथिको अत्यन्त महत्वपूर्ण तथा पवित्र महिना मानिन्छ । विशेषगरी महायानी बौद्ध धर्मावलम्बीहरूमा यो पवित्र महिनाको महत्व विशेष खालको रहेको छ । भगवान् बुद्धले जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणमा प्रवेश गर्नुभएको अत्यन्त महत्वपूर्ण महिना सागादावा नैभएकोले गर्दा पनि यो महिनाको महत्व बढेर गएको हो । भगवान् बुद्धले विशेषगरी चार अवस्थाहरूले गर्दा दरवारको सबै सुखसयलहरू त्यागेर वनगमन गरेका थिए ।

६ वर्षको कठोर तपस्यापछि बुद्धत्व प्राप्त गर्नुभएका सिद्धार्थ गौतमले आपूm दरबारमा रहँदा देखिएका ती दुखदायि चार अवस्थाहरू जस्तै ः जन्म, जरा, व्याधि र मृत्यजस्ता अत्यन्त दुःखद् अवस्थालाई जुनसुकै मानवले भोग्नु पर्ने भएकोेले यसप्रकारको दुःखबाट कसरी मुक्त हुन सकिन्छ भन्नेबारे ज्ञानको खोजीमा लाग्नुभयो ।यसरी ६ वर्षको कठोर तपस्थापछि उनले दुःख छ, त्यसलाई बुझ्नु पर्दछ । दुःख उत्पन्न हुने कारण छ, त्यसलाई परित्याग गर्नुपर्दछ । दुःखलाई निरोध गर्र्ने उपाय पनि छ, त्यसलाईसाक्षात्कार गर्नुपर्दछ ।

यी सबैलाई हटाउने मार्ग छ, त्यस मार्गमा आश्रित भएर हिँड्न सक्नुपर्दछ । यस्तो अत्यन्त महत्वपूर्ण ज्ञान राजकुमार सिद्धार्थले बोध गर्नुभएपछि यसै चार आर्यसत्यलाई नै बौद्ध धर्म भनेर संसारभरी चिनिन थालियो ।यस सागादावा महिनामा बुद्धका अमृतमय वचनको स्मरण गर्दै पूजापाठ र स्तूपाहरूको प्रदक्षिणा गर्ने र दिन दुःखीहरूलाई भोजन दान, जल दान, वस्त्र दान र धन दान गरेर अपार पुण्य लाभ गर्न सकिन्छ ।

पुण्य कमाउन सागादावा नै किन चाहियो भनेर प्रश्न उठ्न सक्छ । यस बारे सागादावा नै किन पवित्र महिना हो त भन्दा यस महिनामा एउटा नक्षत्रको उदय हुने भएकोले त्यस क्षेत्रको प्रभावले हामीबाट गरिने कुनै पनि कुशल कर्म वा अकुशल कर्म गुणात्मक रूपमा वृद्धि भएर जान्छ । यसरी हामीले योपवित्र महिनामा माछा मासु त्यागेर मठ–मन्दिर गएर पूजा प्रदक्षिणा र विहार गोन्पाहरूमा गएर लामा भिक्षुहरूलाई भोजन दान गर्न सके सबै प्रतिकुल अवस्थाहरू हट्नका साथै सुख, शान्ति र समृद्धि लाभ गर्न सकिनेमा कुनै शंका रहँदैन ।

रोग–व्याधि, दुःख–कष्ट र विघ्नबाधा शमन हुनका साथै मनमा शान्ति तथा सबै मानोकांक्षाहरू पूर्ण हुने धार्मिक विश्वास रहेको छ । अन्तमा सबै सत्व प्राणिहरूले बुद्धको अमृतमय वचन श्रवण, चिन्तन र भावना गर्ने अवसर पाऊन । जो–जसले यस पवित्र महिनामा पूजापाठ गर मन्त्र जप गरे जगत् हितार्थ कल्याणकारी पुण्य आर्जन गर्ने धार्मिक अनुष्ठान गर्नुभएको छ उहाँहरू सबैको मनमा बोधिचित्त उत्पन्न होस् भनी त्रिरत्न समक्ष प्राणिधान गर्दछु ।
भवतु सर्वमंगलम् । टीका शेर्पा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?