प्रहरीकै ट्रकमा काठ तस्करी गर्ने डिएसपी पक्राउ !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ २४, २०७५
|
|
३७ पटक हेरिएको
Shares
प्रहरीकै ट्रकमा काठ तस्करी गर्ने डिएसपी पक्राउ !

सारांश

  • काठमाडौं,  २४ जेठ ।
  • सशस्त्र प्रहरीभित्र अराजकता कतिसम्म बढेके छ भने डिएसपीहरु आफैं तस्करीमा संलग्न हुन थालेका छन्।
  • प्रहरी गाडीमा काठ तस्करी गरेको आरोपमा संखुवासभास्थित अरुण गुल्मका डिएसपी रामप्रसाद भण्डारीमाथि छानबिन सुरु भएको छ।

काठमाडौं,  २४ जेठ । सशस्त्र प्रहरीभित्र अराजकता कतिसम्म बढेके छ भने डिएसपीहरु आफैं तस्करीमा संलग्न हुन थालेका छन्।

प्रहरी गाडीमा काठ तस्करी गरेको आरोपमा संखुवासभास्थित अरुण गुल्मका डिएसपी रामप्रसाद भण्डारीमाथि छानबिन सुरु भएको छ। पूर्व क्षेत्र बाहिनीले उनलाई त्यहाँबाट हटाएर छानबिन थालेको हो।

बा.१ झ १६६९ नम्बरको प्रहरीकै ट्रकमा राखेर अवैध ढंगले विराटनगर तर्फ लैजाँदै गरेको सखुवाको काठको धनकुटाको मुलघाटस्थित सशस्त्र प्रहरीकै चेक पोष्टमा  बरामद भएपछि घटना बाहिर आएको हो। सो काठ विराटनगर तस्करी गर्न लागिएको थियो।

पूर्व क्षेत्रीय बाहिनीले एसपी गुणाकर खनालको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ। डिएसपी भण्डारीलाई बाहिनीमा तानिएको र छानबिन प्रतिवेदनका आधारमा थप कारबाही गरिने बाहिनीपति डिआईजी मन्दीप श्रेष्ठले बताए।

डिएसपी भण्डारीसहित अन्य प्रहरीमाथि पनि छानबिन समितिले छानबिन थालेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?