प्रियंका कार्कीका पूर्व श्रीमान् रोचकले अर्को विवाह गर्दै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ६, २०७३
|
|
९२१ पटक हेरिएको
Shares
प्रियंका कार्कीका पूर्व श्रीमान् रोचकले अर्को विवाह गर्दै

सारांश

  •   नेपाली चलचित्र क्षेत्रकी व्यस्त तथा चर्चित नायिका प्रियंका कार्कीका पूर्व श्रीमान् रोचक मैनालीले अर्को विवाह गर्दैछन् ।
  • प्रियंका कार्कीसँग औपचारिक रुपले डिभोर्स भएको दुई वर्षपछि रोचकले अर्की युवतीलाई आफ्नो जीवन संगिनी बनाउन लागेका हुन् ।
  • अमेरिकाको न्युयोर्कमा बस्दै आएका रोचकले अंशुमा खरेलसँग यो हप्ताभित्र कोर्ट म्यारिज गरी अमेरिकामा भव्य पार्टी गर्ने तयारी गरेका छन् ।

 

नेपाली चलचित्र क्षेत्रकी व्यस्त तथा चर्चित नायिका प्रियंका कार्कीका पूर्व श्रीमान् रोचक मैनालीले अर्को विवाह गर्दैछन् ।

प्रियंका कार्कीसँग औपचारिक रुपले डिभोर्स भएको दुई वर्षपछि रोचकले अर्की युवतीलाई आफ्नो जीवन संगिनी बनाउन लागेका हुन् । अमेरिकाको न्युयोर्कमा बस्दै आएका रोचकले अंशुमा खरेलसँग यो हप्ताभित्र कोर्ट म्यारिज गरी अमेरिकामा भव्य पार्टी गर्ने तयारी गरेका छन् । केटीको तर्फबाट यही माघ ११ गते पार्टीको आयोजना गरिएको छ ।

अहिले नायिका कार्की २७ वर्ष पुरा भईसकेकी छिन् । उनले २५ वर्षको उमेरमा रोचकसँग डिभोर्स गरेकी हुन् । प्रियंका र रोचकबीच २०६७ साउन १ गते प्रेम विवाह भएको थियो । अमेरिकाको एलाबामा स्थित युनिभर्सिटी अफ नर्थ एलाबामाबाट फिल्म एण्ड डिजिटल मिडिया प्रोडक्सनमा ब्याचलर गर्दा गर्दै नायिका कार्कीको त्यहीँ बसेर कम्प्युटर इन्जिनियरिङ पढिरहेका रोचक मैनालीसँग प्रेम सम्बन्ध भएको थियो ।

विवाह भएको ४ वर्षपछि उनीहरुबीचको सम्बन्धमा फाटो आई डिभोर्स भएको थियो । प्रियंका कार्कीले मेरो बेष्टफ्रेण्ड र थ्री लभर्स फिल्मको सुटिङ सकिए लगत्तै कागजी प्रक्रिया पुरा गरी डिभोर्स गरेकी थिईन् । पति रोचकसँग सम्बन्ध बिग्रिएपछि नायिका कार्की नेपाल आई फिल्मी क्षेत्रमा व्यस्त हुन थालिन् ।
सिनेमा खेल्न श्रीमानले हस्तक्षेप गरेपछि आफूले डिभोर्स दिएको प्रियंकाले यसअघि बताएकी थिईन् । केही बर्षको सम्बन्धपछि उनीहरुको सम्बन्धमा ब्रेक लागेको थियो । मिस टीनबाट आफ्नो ग्ल्यामर करिअर सुरु गरेकी उनले सिनेमामा जम्ने सुर कसेपछि आफ्नो पति नै आफ्नो योजनामा बाधक बनेका बताएकी थिईन् । अहिले प्रियंका सिंगल छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश जोशी प्रकरण: संवैधानिक परिषद्को निर्णय उल्टिन सक्छ: सुमनराज प्याकुरेल
प्रधानन्यायाधीश जोशी प्रकरण: संवैधानिक परिषद्को निर्णय उल्टिन सक्छ: सुमनराज प्याकुरेल
प्रशासनिक सुधारमा सरकारको कडा कदम: पेन्सनभोगी करार कर्मचारी हटाइए, नयाँ ‘पूल’ प्रणाली लागू
प्रशासनिक सुधारमा सरकारको कडा कदम: पेन्सनभोगी करार कर्मचारी हटाइए, नयाँ ‘पूल’ प्रणाली लागू
नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर हुनुपर्ने भारतको चाहना : कोस्यारी
नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर हुनुपर्ने भारतको चाहना : कोस्यारी
माइतीघर मण्डलामा नेतृहरुले भनेः बामपन्थी सरकार महिलाहरुले बनाएको
माइतीघर मण्डलामा नेतृहरुले भनेः बामपन्थी सरकार महिलाहरुले बनाएको
काठमाडौंमा एकैदिन ४४ जना कोरोना संक्रमित थपिए
काठमाडौंमा एकैदिन ४४ जना कोरोना संक्रमित थपिए
भारतमा एक घण्टाभित्र तीनवटा भूकम्पको धक्का
भारतमा एक घण्टाभित्र तीनवटा भूकम्पको धक्का
काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग
काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग
सदनमा अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्ने
सदनमा अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्ने
कार्यकारी राष्ट्रपतीय अभिनायकवाद लाद्ने खेल: प्रधानमन्त्री देउवा
कार्यकारी राष्ट्रपतीय अभिनायकवाद लाद्ने खेल: प्रधानमन्त्री देउवा
सोह्र श्राद्ध आजदेखि सुरु
सोह्र श्राद्ध आजदेखि सुरु

तपाईंले छुटाउनुभयो कि?