प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर १३, २०७५
|
|
६० पटक हेरिएको
Shares
प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिने

सारांश

  • काठमाडौँ, १३ मङ्सिर , प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्न यही मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ शुरु गरिने भएको छ ।
  • समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा रहेको राराबाट शुभारम्भ गरिने उक्त अभियानको संयोजन आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालिले स्थानीय तहका प्रतिनिधिका साथै पर्यटन व्यवसायीको सहकार्य र समन्वयमा गर्ने भएको छ ।
  • हिमाली जिल्ला मुगुमा पर्ने राराको अधिकतम लम्बाइ पाँच किलोमिटर र अधिकतम चौडाइ तीन किलोमिटर छ भने गहिराइ १६७ मिटर छ ।

काठमाडौँ, १३ मङ्सिर , प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्न यही मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ शुरु गरिने भएको छ ।

समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा रहेको राराबाट शुभारम्भ गरिने उक्त अभियानको संयोजन आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालिले स्थानीय तहका प्रतिनिधिका साथै पर्यटन व्यवसायीको सहकार्य र समन्वयमा गर्ने भएको छ । हिमाली जिल्ला मुगुमा पर्ने राराको अधिकतम लम्बाइ पाँच किलोमिटर र अधिकतम चौडाइ तीन किलोमिटर छ भने गहिराइ १६७ मिटर छ ।

उक्त कार्यक्रममा ५०० मिटरको दूरीमा १५ वटा डस्टबिन राखेर स्थानीय तल्लोमिलीदेखि रारासम्म करीब सात किलोमिटरमा सरसफाइ गरी फोहर व्यवस्थापन गरिने छ । कार्यक्रमअन्तर्गत यही मङ्सिर १७ गते जनप्रतिनिधि, स्थानीयवासीसँग विज्ञको अन्तक्र्रिया राखिएको छ ।

प्रालिका प्रबन्ध निर्देशक सोमबहादुर तामाङले प्लाष्टिकजन्य वस्तुले वातावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने हुँदा देशका विभिन्न हिमाली जिल्लादेखि नै पहाड र तराई क्षेत्रमा उक्त अभियान शुरु गर्न लागिएको बताउनुभयो । देशका विभिन्न जिल्लाका स्थानीय तहका प्रतिनिधिसँग सहकार्य र समन्वय गरी उक्त अभियानलाई निरन्तरता दिने बताउनुभयो ।

सन् २०२० मा २० लाख पर्यटक स्वदेशमा ल्याउन सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा पर्यटकस्थल सफा गरी उनीहरुलाई आकर्षित गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवलमा प्रदेश राजधानीका लागि भवनहरु खोज्दै सरकारी टोली
बुटवलमा प्रदेश राजधानीका लागि भवनहरु खोज्दै सरकारी टोली
कोरोना भाइरस : ‘खानेपानी नै छैन, के ले हात धुने ?’
कोरोना भाइरस : ‘खानेपानी नै छैन, के ले हात धुने ?’
अमेरिका र क्युबाबीचको सम्बन्ध बिग्रँदाे !
अमेरिका र क्युबाबीचको सम्बन्ध बिग्रँदाे !
नेपाल हिन्दु राज्य हुने नहुने बारेमा जनमतसंग्रह नै हुनुपर्छ : कांग्रेस महामन्त्री
नेपाल हिन्दु राज्य हुने नहुने बारेमा जनमतसंग्रह नै हुनुपर्छ : कांग्रेस महामन्त्री
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
आजदेखि एसईई परीक्षा, करिब पाँच लाख परीक्षार्थी सहभागी हुँदै
आजदेखि एसईई परीक्षा, करिब पाँच लाख परीक्षार्थी सहभागी हुँदै
करिश्मा हिंडिन् स्कुल, दश जोड दुई किटिनी स्कुलमा पढ्दै
करिश्मा हिंडिन् स्कुल, दश जोड दुई किटिनी स्कुलमा पढ्दै
Support Women, Encourage Them With Cost-effective Fashion
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?

तपाईंले छुटाउनुभयो कि?