बंगलादेशका राष्ट्रपतिद्वारा संसद भंग भएको घोषणा
सारांश
- काठमाडौं।
- बंगलादेशमा संसद भंग गरिएको छ।
- राष्ट्रपति मोहम्मद शाहबुद्दिनले मगलबार दिउसो संसद भंग भएको घोषणा गरेका हुन्।
काठमाडौं। बंगलादेशमा संसद भंग गरिएको छ। राष्ट्रपति मोहम्मद शाहबुद्दिनले मगलबार दिउसो संसद भंग भएको घोषणा गरेका हुन्।
मंगलबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संसद भंग भएको जानकारी गराएको छ।
आन्दोलनमा सहभागी विद्यार्थी नेताहरूले संसद भंग नगरे आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिएका थिए।
उनीहरुले मंगलबार दिउँसो ३ बजेसम्म संसद भंग गर्न माग गरेका थिए।
विद्यार्थी नेताहरूले नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसलाई प्रमुख सल्लाहकारको रूपमा अन्तरिम सरकारको नेतृत्व दिन माग गरेका छन्। उनिहरुले सैनिक नेतृत्वको सरकार मान्य नहुेन बताएका छन्।
प्रतिक्रिया