बङ्लादेशका पूर्वप्रधानमन्त्री जिया ढाका जेलमा स्थानान्तरण

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २१, २०७५
|
|
४३ पटक हेरिएको
Shares
बङ्लादेशका पूर्वप्रधानमन्त्री जिया ढाका जेलमा स्थानान्तरण

सारांश

  • ढाका, २१ भदौ ।
  • बङ्गलादेशका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधबार राजधानी ढाकाको अर्को जेलमा स्थानान्तरण गरिएको छ ।
  • भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनुभएकी जियालाई सरकारले ढाका केन्द्रीय जेलमा स्थानान्तरण गरेको हो ।

ढाका, २१ भदौ । बङ्गलादेशका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधबार राजधानी ढाकाको अर्को जेलमा स्थानान्तरण गरिएको छ ।भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनुभएकी जियालाई सरकारले ढाका केन्द्रीय जेलमा स्थानान्तरण गरेको हो । ७३ वर्षकी उहाँले पाँचवर्षे जेल सजाय भोगिसक्नु भएको छ ।

उहाँलाई जेल सार्ने बेलामा ह्लिचियरबाट लगिएको थियो । राम्रोसँग सुन्नसमेत नसक्ने नेत्री जियाले आफू अत्यन्त बिरामी भएको अदालतसमक्ष बताउनुभएको थियो ।उहाँले भन्नुभयो, “मैले न्याय पाउदिन भन्ने मलाई थाहा छ, मेरो हात खुट्टामा पक्षाघात भएको छ, मलाई जहाँ राखेर शासन गर्ने हो गर ।”

बङ्गलादेशको एनटीभीबीडी डट कमले सम्प्रेषण गरेको समाचारमा बङ्गलादेश नेशनलिष्ट पार्टीका प्रमुख जियाले थप्नुभयो, “तिमिहरूले जस्तो चाहन्छौँ, त्यस्तैगरी मलाई कारवाही गर्न सक्छौँ, तर राम्रोसँग बस्न र उपचार गर्न देऊ ।”आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको उहाँले बताउँदै आउनु भएको छ ।

बच्चाहरूका लागि विश्वभरबाट सङ्कलन गरिएको बाल विकाससम्बन्धी एककोषको एक करोड ६१ लाख रकम दुरूपयोगको अभियोगमा उहाँलाई अदालतले दोषी ठहर गरेको हो ।अदालतले नेत्री जियाका चार जना सहयोगीलाई भने १० वर्षको जेल सजाय सुनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालिका बलात्कार गर्ने व्यक्तिलाई अब मृत्युदण्ड
बालिका बलात्कार गर्ने व्यक्तिलाई अब मृत्युदण्ड
स्थलगत अनुगमनका लागि माधवकुमार नेतृत्वको टोली हेलिकप्टरबाट नओर्ली आकाशबाटै फर्किएपछि..
स्थलगत अनुगमनका लागि माधवकुमार नेतृत्वको टोली हेलिकप्टरबाट नओर्ली आकाशबाटै फर्किएपछि..
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
सीमा विश्वासले यसरी दिएकी थिइन् न्यूड सीन
सीमा विश्वासले यसरी दिएकी थिइन् न्यूड सीन
कांग्रेसी मन्त्रीको चेतावनी- आपसी अन्तरद्वन्द्व र अहम् नत्यागे काँग्रेस समाप्त हुन्छ
कांग्रेसी मन्त्रीको चेतावनी- आपसी अन्तरद्वन्द्व र अहम् नत्यागे काँग्रेस समाप्त हुन्छ
केपी ओलीको पक्षमा उपेन्द्र यादव, यसो भने ?
केपी ओलीको पक्षमा उपेन्द्र यादव, यसो भने ?
राष्ट्रकवी माधवप्रसाद घिमिरे ग्राण्डी अस्पतालमा भर्ना !
राष्ट्रकवी माधवप्रसाद घिमिरे ग्राण्डी अस्पतालमा भर्ना !
छोरी दुध खान नपाएर तड्पिने, मैले यता निचोरेर फाल्नुपर्ने
छोरी दुध खान नपाएर तड्पिने, मैले यता निचोरेर फाल्नुपर्ने
एमालेले आफ्नो शक्ति देखाउँछ: ओली
एमालेले आफ्नो शक्ति देखाउँछ: ओली
आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन: प्रधानसेनापति
आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन: प्रधानसेनापति

तपाईंले छुटाउनुभयो कि?