बन्दीपुरमा चिनियाँ पर्यटक

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख ६, २०८०
|
|
३८ पटक हेरिएको
Shares
बन्दीपुरमा चिनियाँ पर्यटक

सारांश

  • काठमाडौँ ।
  • तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिएका छन् ।
  • कोभिड–१९ को सङ्क्रमण सुरु भएपछि विसं २०७६ चैतबाट चिनियाँ पर्यटकको आगमन बन्द भएको बन्दीपुरमा तीन वर्षपछि पहिलो पटक चिनियाँ पर्यटक आएका हुन् ।

काठमाडौँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिएका छन् । कोभिड–१९ को सङ्क्रमण सुरु भएपछि विसं २०७६ चैतबाट चिनियाँ पर्यटकको आगमन बन्द भएको बन्दीपुरमा तीन वर्षपछि पहिलो पटक चिनियाँ पर्यटक आएका हुन् ।

बन्दीपुरमा लामो समयपछि चिनियाँ पर्यटकको आगमन भएपछि होटल व्यवसायी उत्साहित भएका छन् । होटल हिमालय दरबारका सञ्चालक वैश गुरुङले कोरोनापछि पहिलो पटक चिनियाँ पर्यटक बन्दीपुर भित्रिएको जानकारी दिए । “कोरोनापछि नेपालमा चिनियाँ पर्यटक आएका थिएनन्, कोरोनाभन्दा पहिला बन्दीपुरमा विदेशीमध्ये चिनियाँ पर्यटक बढी हुन्थे,” गुरुङले भने, “कोरोनाले सुस्ताएको बन्दीपुरको पर्यटन अब विस्तारै लयमा फर्किदैछ ।”

काठमाडौँ ओर्लिएपछि पोखरा जाने क्रममा एकरात बिताउन भए पनि पर्यटक बन्दीपुर आउने गरेको उनले जानकारी दिए । “बन्दीपुरमा आएकामध्ये आधाजसो पर्यटक पोखरा र काठमाडौँ जाने तयारीमा छन्”, गुरुङले भने ।

बन्दीपुरमा यतिबेला अन्य देशका विदेशी पाहुनाको भने चहलपहल भइरहेको छ ।

चीनले फागुन १ गतेदेखि पर्यटकका रुपमा घुम्न जान पाइने देशको सूचीमा नेपाललाई पनि सूचीकृत गरेको थियो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल हेरिटेजका सञ्चालक किसन प्रधानले बन्दीपुरको पर्यटन विस्तारै लयमा फर्किदै गरेको बताए।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ ।

बन्दीपुरमा होटल सङ्घसँग आवद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतकास्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शव व्यवस्थापन गर्न नसक्दा शव कुल्चँदै हिमाल आरोहण गर्दा कुल्चनु पर्ने बाध्यता
शव व्यवस्थापन गर्न नसक्दा शव कुल्चँदै हिमाल आरोहण गर्दा कुल्चनु पर्ने बाध्यता
निसास्सिएर आठ पर्यटकको मृत्यु
निसास्सिएर आठ पर्यटकको मृत्यु
मलाइका–अर्जुनको प्रेममा सलमान बाधक
मलाइका–अर्जुनको प्रेममा सलमान बाधक
सुदूरपश्चिममा देउवाको सिन्डिकेट, यि सासंदले दिए देउवालाइ चेतावनि !
सुदूरपश्चिममा देउवाको सिन्डिकेट, यि सासंदले दिए देउवालाइ चेतावनि !
दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी
दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी
तेह्र दशमलव ३६ प्रतिशतले घट्यो ललितपुर महानगरको बजेट
तेह्र दशमलव ३६ प्रतिशतले घट्यो ललितपुर महानगरको बजेट
सुन तस्करीका मुख्य नाइके ‘गोरे’ गौरीघाट बाट यसरी समातिए,गृह मन्त्रालयमा खुलाए यस्तो थप रहस्य
सुन तस्करीका मुख्य नाइके ‘गोरे’ गौरीघाट बाट यसरी समातिए,गृह मन्त्रालयमा खुलाए यस्तो थप रहस्य
जनगाडको मुआब्जा वितरणको बाटो खुल्यो
जनगाडको मुआब्जा वितरणको बाटो खुल्यो
यात्रु चढिसकेको जहाज दिल्लीमा ६ घण्टा रोकिएपछि…
यात्रु चढिसकेको जहाज दिल्लीमा ६ घण्टा रोकिएपछि…
बर्खास्त मन्त्रीलाई पार्टीबाटै घोक्रेठ्याक
बर्खास्त मन्त्रीलाई पार्टीबाटै घोक्रेठ्याक

तपाईंले छुटाउनुभयो कि?