बलिउड चलचित्रमा नेपाली अभिनेता टंक

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १५, २०८०
|
|
५९ पटक हेरिएको
Shares
बलिउड चलचित्रमा नेपाली अभिनेता टंक

सारांश

  • काठमाडौं।
  • लियो ट्यांकको उपनामले परिचित नेपाली चलचित्र तथा सांगीतिक भिडियोमा देखिएका अभिनेता टंक धमलाले हालै भारतीय चलचित्र ‘एनिमल’ मा अभिनय गरेका छन्।
  • ‘अर्जुन रेड्डी’ र त्यसको रिमेक ‘कविर सिंह’ निर्देशन गरेर स्थापित भएका निर्देशक सन्दीप रेड्डी भांगाको ग्याङ्सटर ड्रामामा काम गर्दा धेरै कुरा सिकेको उनले बताए।

काठमाडौं। लियो ट्यांकको उपनामले परिचित नेपाली चलचित्र तथा सांगीतिक भिडियोमा देखिएका अभिनेता टंक धमलाले हालै भारतीय चलचित्र ‘एनिमल’ मा अभिनय गरेका छन्।

‘अर्जुन रेड्डी’ र त्यसको रिमेक ‘कविर सिंह’ निर्देशन गरेर स्थापित भएका निर्देशक सन्दीप रेड्डी भांगाको ग्याङ्सटर ड्रामामा काम गर्दा धेरै कुरा सिकेको उनले बताए।

“झन्डै दुई साता छायांकन भयो। बलिउडका प्रसिद्ध कलाकारसँग काम गर्दा मैले सिक्ने अवसर पनि पाएँ”, अभिनेता धमलाले भने, “म एजेन्सीमार्फत चलचित्रमा छानिएको हुँ।

अभिनेता बबि देओलका भाइको भूमिका निर्वाह गर्न पाएँ, आत्मविश्वास बढेको छ।” नेपाली चलचित्र ‘सरौतो’ पश्चात नै नेपाली मिडिया र चलचित्रकर्मीको आँखामा परेका अभिनेता धमलाले बेलायत बस्ने भएकाले धेरै काम गर्न सकेका छैनन्।

उनले बेलायतको तालिममा सहभागी भएर अभिनय गरेका हुन्। लन्डनमा पेसाले चार्टर्ड एकाउन्टेन्ट टंकले यसअघि नेपाली तथा ब्रिटिस चलचित्र, विज्ञापन, भिडियोमा काम गरिसकेका छन्। “गिल्फोर्ड एयरपोर्ट, हर्टफोर्डसायरस्थित ब्रोकेट हललगायत हेरिटेज साइटमा छायांकन गरेँ। मैले अन्य प्रोजेक्टमा पनि काम गरेका कारण निर्धक्क प्रस्तुति दिएँ”, अभिनेता धमलाले भने, “चलचित्रमा के–कस्तो रूपमा देखिन्छु थाहा छैन। यद्यपि यसलाई मैले सिकाइका रूपमा सदुपयोग गरेँ।”

चलचित्रमा अभिनेता रणवीर कपुर, बबि देओल, अनिल कपुर, तृप्ती डिम्री, रश्मिका मन्दना आदि कलाकारले अभिनय गरेका छन्। ‘एनिमल’ बाहेक उनले बलिउड निर्देशक जाइघम इमामको ‘सुपर वुमन’ र दिवाकर भट्टराईको ‘हनी बनी’ मा समेत अभिनय गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशी लगानीकर्तालाई नेपालमा लाभैलाभ,१८ अर्ब भित्रियो, १५ अर्ब बाहिरियो
विदेशी लगानीकर्तालाई नेपालमा लाभैलाभ,१८ अर्ब भित्रियो, १५ अर्ब बाहिरियो
फेरिएन अध्यक्ष ओलीको कार्यशैली
फेरिएन अध्यक्ष ओलीको कार्यशैली
मुस्लिम आयोगका अध्यक्ष बनेको ४ दिनमै किन दिए अन्सारीविरुद्ध मुद्दा !
मुस्लिम आयोगका अध्यक्ष बनेको ४ दिनमै किन दिए अन्सारीविरुद्ध मुद्दा !
देउवाको प्रश्न, “राज्यले नै दोषी जोगाउन थाले न्याय माग्न कहाँ जाने ?”
नेपाल–भारत संयुक्त आयोगको बैठक शुरु
नेपाल–भारत संयुक्त आयोगको बैठक शुरु
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
देउवाले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि माओवादीले गर्‍यो सरकार नछोड्ने निर्णय
देउवाले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि माओवादीले गर्‍यो सरकार नछोड्ने निर्णय
उत्तर कोरियाली नेता किमका लागि मर्सिडिज लग्दा दुनियाँ चकित
उत्तर कोरियाली नेता किमका लागि मर्सिडिज लग्दा दुनियाँ चकित
काठमाडौं सुपर च्याम्पियन्सको मालिकरेखा थापा, किनिन् क्रिकेट टिम
काठमाडौं सुपर च्याम्पियन्सको मालिकरेखा थापा, किनिन् क्रिकेट टिम

तपाईंले छुटाउनुभयो कि?